४ वटै सुरक्षा निकायका व्यक्ति बिकेका हुन्: एमाले नेता खगराज अधिकारी
केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने

पोखरा ।
नेकपा (एमाले) का नेता खगराज अधिकारीले नेपालका चारवटै सुरक्षा निकायका अधिकारीहरू ‘डिप स्टेट’ (राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्ति) को प्रभावमा परी बिकेको गम्भीर आरोप लगाएका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल बनाउन र नेपालको सन्तुलित परराष्ट्र नीतिलाई कमजोर पार्नका लागि यस्तो भएको दाबी गरे ।
पोखरामा एमाले पोखरा नगर कमिटीले आज बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘हाम्रा सुरक्षाका चारै निकायहरू बेखबर होइनन् । प्रधानमन्त्रीलाई यो थाहा थियो । त्यसैले उनले १२ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुन्छ भन्दा हामी कति यस्तो किन बोलेको लाग्यो ।’
उनले ओली सरकारका पालामा दलाई लामाको उत्तराधिकारी घोषणा कार्यक्रम नेपालमा गर्न नदिएको, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) को समानान्तर अर्थतन्त्रलाई नियमन गरेको तथा एलन मस्कलाई नेपालमा स्याटेलाइट फिड गर्न अनुमति नदिएका कारण ‘डिप स्टेट’ को प्रहार भएको बताए । ‘यसकारणले कहिँ स्थायी कमिटीमा भइकेको, सरकारमा भइकेको मान्छेले यस्तो बोल्यो भनेर, त्यसमा क्षमा दिनु होला तर तपाईंका यो पार्टी जोगाउने तपाईं पंक्तिलाई मैले भन्नै पर्छ यी चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन्, डिप स्टेट स्टेकहोल्डरबाट,’ अधिकारीले भने ।
अधिकारीका अनुसार चीन र भारत जस्ता ठूला देशहरूको बीचमा रहेको नेपालमा ओली सरकारले दुवै देशसँग समदूरीको सम्बन्ध कायम गर्दै सन्तुलित परराष्ट्र नीति अपनाउन चाहेको थियो । उनले वर्तमान संविधानमा ‘राष्ट्रिय हित’ लाई व्याख्या गर्ने धारा पाँच राखिएको कुरा स्मरण गराउँदै यसअघिका संविधानमा राष्ट्रिय हितबारे स्पष्ट उल्लेख नभएको बताए ।
संविधान जारी गर्ने बेलामा आफू सरकारको सदस्य भए पनि निर्वाचित सदस्य नभएकोले भोट नहालेको प्रस्ट पारे । तर, संविधान जारी गर्न सहजीकरण गर्ने सरकारको सदस्यको रुपमा आफूलाई जानकारी भएको भन्दै उनले भारतीय सत्ता पक्षबाट सुशील कोइरालालाई ‘केपी ओलीलाई एक हप्ता पर्खिदिन भन्नुस्, हामी मधेशको फ्याक्टर पनि मिलाउँछौं’ भन्ने सूचना आएको दाबी गरे । उनले ओलीले त्यसलाई नमानेको पनि बताए ।
नेता अधिकारीले नेपालमा ‘डिप स्टेट’ का स्टेकहोल्डरहरूले राज्य कब्जा गर्ने प्रयास गरेको र यसमा विभिन्न राजनीतिक दलका आन्तरिक विवाद र समानान्तर गतिविधिहरू पनि सहयोगी बनेको उल्लेख गरे । उनले भिमा मल्ल र भीमसेन थापाले पनि ‘डिप स्टेट’ का कारण फाँसी पाएको इतिहास स्मरण गराए ।
अधिकारीले एमालेभित्रको आन्तरिक कलह र नेतृत्वको आलोचनालाई पनि ‘डिप स्टेट’ को चालबाजीको रूपमा व्याख्या गरे । उनले भने, ‘केपी ओलीलाई बाहिर फालेर चाहेको त्यही डिप स्टेटका स्टेकहोल्डरहरूले, समुद्र पारिका छिमेकका डिप स्टेकहोल्डरहरूले गरेको कामको मतियार नेकपा एमालेका कार्यकर्ता हुन सक्दैनन् ।’
उनले कास्कीका एमाले कार्यकर्ताहरूले केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिए । ‘केपी ओलीलाई गिरफ्तार गर्यो भने कास्कीले सबभन्दा ठूलो जुलुश निकाल्ने छ र कास्कीले नेकपा एमाले जिम्मा लिन्छ, किनभने भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरुले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरुले रगत बगाएको ठाउँमा र हिजो हिंसात्मक गतिविधि गरेर एमाले सिध्याउँछ भन्दा खेरि पनि जबर्जस्त थियो ठाउँ हो,’ अधिकारीले भने ।
उनले पार्टी भित्रको कमजोरी स्वीकार गर्दै आत्मआलोचना गरे । ‘हामी त कस्ता भयौ भने आशय कार्यकर्ता भयौ के । यो कसले गरेको ठिक हो, हामीले प्रशिक्षण के गर्यौ, लाभहानि, नोक्सान पद इत्यादिमा मात्र प्रशिक्षण गरौँ । त्यसको परिणाम अब आलोचनाको त मुख्य भारी यहाँ भरि यहाँ त मेरै छ, ठिक भो म सुध्रिनै पर्छ, सचिनै पर्छ, सचिरहने कोसिस गर्छु,’ उनले भने ।
उनले अबदेखि कुनै पनि राजकीय पदको दाबी नगर्ने घोषणा पनि गरे । ‘राजकीय जिम्मेवारीमा अप्ठेरो बेलामा काँध थाप्न तयार छु । सजिलो बेलामा राजकीय जिम्मेवारी मैले पाउनुपर्छ भनेर म कहिले पनि गरेर पनि घोषणा गर्न चाहन्छु,’ अधिकारीले भने । उनले आफू पार्टी सदस्यता सुरुमा दिने बेलाको पार्टी सचिव भएकोले सबै कार्यकर्ताले आफूलाई माया गर्ने र कोही पनि पक्ष वा विपक्षमा नरहेको दाबी गरे । उनले पार्टीभित्र आफ्नो कुनै समूह बनाउन नलाग्ने संकेत गरे । अधिकारीले भने, ‘राजनीतिक बाहेक, वैचारिक प्रशिक्षण बाहेक, सांगठनिक काममा जिल्ला अधिवेशन, वडा अधिवेशन, महानगर अधिवेशनहरूमा तपाईंले खगराजको नाम कसैले लिन्छ भने त्यो कुरा आजैदेखि अन्त्य भएको घोषणा गर्न चाहन्छु,’ उनले भने।
पार्टीमा रहेका गुनासो मात्र गर्नेहरूलाई ‘डिप स्टेट’ को मतियार नबन्न पनि उनले आग्रह गरे । ‘हाम्रा शैली सचिनु पर्यो, हाम्रो सक्रियता, हाम्रो जीवनशैली सचिनु पर्यो, सुध्रिनु पर्यो ठिक हो । तर नेतृत्व केपी ओलीलाई बाहिर फालेर चाहेको त्यही डिप स्टेट होल्डरहरुले,’ उनले भने ।
अधिकारीले पार्टीलाई सुदृढ गर्नका लागि आफूले जस्तोसुकै निर्णय शिरोधार्य गर्ने प्रतिबद्धता जनाए । ‘अब तीनवटा प्रतिनिधिसभा, चारवटा प्रदेशसभा जो जितियो, त्यो तहको भन्दा बढी विजयश्री हासिल गर्ने पार्टी बुझाउन अब आका साथीहरुलाई बुझाउन मैले के गर्नु पर्ने हो, त्यो कुरा सामु गरेको निर्णय शिरोले गर्ने कुरा पनि म तपाईंलाई बताउन चाहन्छु,’ उनले भने । उनले देशलाई धुजाधुजा पार्न खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै एमालेका कार्यकर्ताहरू यस्ता षड्यन्त्रको मतियार बन्न नहुनेमा जोड दिए ।
पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफल गर्न एमाले पोखरा नगर कमिटीले कार्यकर्ताहरुको भेला आयोजना गरेको थियो । त्यहाँ विभिन्न कार्यकर्ताहरुले आआफ्ना भनाइ राखेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया