कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने

पोखरा । कास्कीका जग्गाधनीहरुले आफ्नो जग्गाको किटानी सिफारिस गर्नुपर्ने गर्नुपर्ने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले जग्गा धनीलाई किटानी सिफारिस गर्न सूचना जारी गरिएको छ । कार्यालयले मंगलबार एक सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया सुरु गरेको जानकारी दिएको हो । सेवा पुनः सुरु गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
जग्गधनीले जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीन पुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस बनाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाधनीसँग भएको पारित लिखत पनि समावेश गर्न भनिएको छ ।
जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पेस गर्न सूचनामा भनिएको छ । यस्तै, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर फिल्डबुक, नक्शा, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सुचना पनि दिनुपर्ने भनिएको छ ।
गुठि जग्गाको हकमा गुठि संस्थानको सहमति पत्र र आवश्यकता अनुसार अन्य प्रमाणहरु पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले मंगलबार नै अर्को सूचना जारी गरी रोक्का जग्गाको पनि अभिलेख अद्यावधिक गर्न भनेको छ । कार्यालयको कार्य क्षेत्रभित्र पर्ने महानगरपालिका÷ गाउँपालिकाको जग्गाहरुको रोक्का सम्बन्धित अभिलेख तथा व्यक्तिगत दृष्टिबन्धक, शेषपछिको बकसपत्र गरिदिएको भए त्यसको अभिलेख यस कार्यालयमा उपलब्ध गराइ रोक्का अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न भनिएको छ ।






पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया