ओलीको सातै प्रदेश नेतासँग भर्चुअल छलफल, भन्छन् : नेतृत्व कुनै हालतमा छाड्दिन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकअघि सातै प्रदेशका नेताहरूसँग भर्चुअल छलफल गरेका छन् ।
अध्यक्ष ओलीले मंगलबार र बुधबार दुई दिन लगाएर सातै प्रदेशका प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टीको रणनीति विषयमा विस्तृत संवाद गरेका हुन् ।
एक प्रदेश अध्यक्षका अनुसार, ओलीले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै आगामी बाटो तय गर्न सुझाव लिएका थिए । “फरक परिस्थितिमा कसरी अघि बढ्ने, पार्टीलाई कसरी अझ सशक्त बनाउने भन्नेमा सुझाव लिनुभएको हो,” उनले भने, “अध्यक्षले दुई दिनपछि हुने सचिवालय बैठक र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा ठोस निर्णयसहित अघि बढ्ने बताउनुभयो।”
ओलीले पार्टीभित्र उठेका पुनर्गठनका आवाजबारे पनि स्पष्ट संकेत दिएका छन् । ती अध्यक्षका अनुसार, ओलीले भने, “पार्टी पुनर्गठन विधानअनुसार नै हुन्छ, तर महाधिवेशनबाट सर्वसम्मत निर्वाचित नेतृत्व अहिले नै छोड्नुपर्छ भन्दै पार्टी लथालिङ्ग बनाउने प्रयास सफल हुँदैन।”
ओलीले सबै तहका नेताहरूलाई पार्टीभित्रका विषयमा खुलस्त छलफल गर्न आग्रह गरेका छन् । “सचिवालय र केन्द्रीय कमिटी बैठकमा सबै कुरा खुलेर छलफल हुनेछ, त्यसपछि आवश्यक निर्णय हुनेछ,” ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भने, “अहिलेको परिस्थितिको ठोस विश्लेषणपछि मात्रै निर्णय गरिन्छ।”
छलफलका क्रममा ओलीले हालको शासनप्रणाली र राष्ट्रिय अवस्थाबारे पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, “देश आतंकित छ, जनताले सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । अर्थतन्त्र ध्वस्त अवस्थामा पुगेको छ । यस्तो बेला जिम्मेवार पार्टीको रूपमा एमालेले आफ्नो भूमिकाबाट पछि हट्दैन, हामी दायाँबायाँ गर्दैनौँ।”
जेनजी आन्दोलन, नयाँ सरकार गठन र आगामी प्रतिनिधि सभा निर्वाचनका तयारीका विषयमा छलफल गर्न एमालेले असोज २४ र २५ गते सचिवालय बैठक र २७, २८, २९ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेनजी विद्रोहपछि पार्टीभित्र केही नेताले ओलीले अध्यक्ष पद छोड्नुपर्ने माग राख्दै आएका छन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया