पोखरा सडक महोत्सवको संयोजकमा गौतम

पोखरा ।
२७ औं पोखरा सडक महोत्सवकाे संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतम चयन भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)को बिहीबार बसेको कार्यसमितिसदस्यको बैठकले उनलाई चयन गरेकाे हाे ।
महाेत्सव पुस १३ गते देखि १७ गते सम्म हुनेछ । महाेत्सवकाे सह संयोजकमा कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराई छन् । स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन र कोषाध्यक्ष रोशन जंग कार्कीगरी ६ जनाको कमिटि गठन गरिएकाे छ ।
विगत २६ वर्ष देखी पोखराको लेकसाइड क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिदैँ आइएको छ ।
“सडक मै खाउ, सडम मै नाचौं, सडक मै रमाउँ” भन्ने नाराका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ । परिवर्तित समय सँगै महोत्सवलाई अलि पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिनेछ ।
कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन होस, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएकोछ ।
समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ । २६ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया