जेन–जी आन्दोलनको आगलागीले मालपोत कार्यालय कास्कीको सेवा ठप्प

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले हाललाई आफ्ना सबै सेवा स्थगित गरिएको जानकारी सार्वजनिक गरेको छ।
कार्यालयले बिहीबार जारी गरेको सूचनामा भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कार्यालयमा आगलागी भई भौतिक संरचना सहितका महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएको उल्लेख गरिएको छ। आगलागीपछि भवन पूर्णरूपमा क्षतिग्रस्त भई नयाँ संरचना निर्माणाधीन अवस्थामै रहेकाले तत्काल सेवा प्रवाह सम्भव नभएको कार्यालयले जनाएको छ।
सूचनामा भनिएको छ, “कार्यालयको भवन समेत जलीनष्ट भएको अवस्थामा नयाँ संरचना समेत निर्माणाधीन अवस्थामा रहेकोले, कार्यालयबाट सेवा प्रवाह गर्न थप केही समय लाग्ने हुनाले अर्को सूचना जारी नभएसम्मका लागि यस कार्यालयबाट सेवा प्रदान गर्न नसकिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”
कार्यालयले सेवाग्राहीमा परेको असुविधाप्रति क्षमाप्रार्थी हुँदै, सेवा पुनःसञ्चालन अघि पुनः सूचना प्रकाशित गरिने जनाएको छ।
यसैबीच मालपोत कार्यालयले बुधबार एक सूचना जारी गरी आन्दोलनका कारण अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्न भूमि व्यवस्था तथा अभिलेख विभागले सेवा पुनःस्थापना प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । सेवा पुनः सुरु गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
जग्गधनीले जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गा धनी एकिन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीन पुस्ते खुलेको फोटो टाँस सहितको किटानी सिफारिस बनाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाधनीसँग भएको पारित लिखत पनि समावेश गर्न भनिएको छ ।
जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पेस गर्न सूचनामा भनिएको छ । यस्तै, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर फिल्डबुक, नक्शा, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सुचना पनि दिनुपर्ने भनिएको छ ।
गुठि जग्गाको हकमा गुठि संस्थानको सहमति पत्र र आवश्यकता अनुसार अन्य प्रमाणहरु पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले मंगलबार नै अर्को सूचना जारी गरी रोक्का जग्गाको पनि अभिलेख अद्यावधिक गर्न भनेको छ । कार्यालयको कार्य क्षेत्रभित्र पर्ने महानगरपालिका/ गाउँपालिकाको जग्गाहरुको रोक्का सम्बन्धित अभिलेख तथा व्यक्तिगत दृष्टिबन्धक, शेषपछिको बकसपत्र गरिदिएको भए त्यसको अभिलेख यस कार्यालयमा उपलब्ध गराइ रोक्का अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न भनिएको छ ।








काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया