दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ ।
रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता पत्रमा २ महिना अगाडि हस्ताक्षर भइ परियोजना अगाडि बढाउने सहमति भएको थियो ।
पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी , पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा , रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराइ लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अंकित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो ।
सम्झौता अनुसार परियोजना बाट लक्षित समुदायका विभिन्न ४ विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किसोरकिसोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए । आठ लाख रुपैया खर्च हुने टेक एज युथ कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले नै व्यवस्था गर्नुपर्ने कार्यक्रम संयोजक एलिसा के सी ले वताइन् । पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया