राजेश हमालको ‘युगदेखि युगसम्म’

काठमाडौं ।
पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डवलीमा अभिनेता राजेश हमाल, उनकी श्रीमती मधू भट्टराई, लेखकद्वय यज्ञश र बुद्धीसागरले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।
उक्त पुस्तकमा जीवनयात्रा, चलचित्र र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचार समेटिएका अभिनेता हमालले जानकारी दिए । उनले भने, ‘मैले बाहिर नभनेका कतिपय विषय पुस्तकमा समेटिएका छन् । यसलाई हामीले सुरू गरेर तीन वर्षमा विमोचन गर्न सफल भएका छौँ । यसमा राजनीति, धर्म, केही मनोविज्ञानका कुरा पनि छन् ।’
अभिनेता हमालले आफ्नो जीवन तथा आफ्नो सोचाइ र विचारलाई निर्धक्कसँग पुस्तकमा राखेको उल्लेख गरे । उनले बसाइँसराइदेखि सरकार र जनताको बीचमा बढ्दै गएको दूरीका विषयमा बनाइएको विचार पनि पुस्तकमा रहेको सुनाए ।
‘मैले यो पुस्तकमा आजसम्म गोप्य राखेका कतिपय विषयहरू पनि समावेश गरेको छु । मैले आफूलाई पूर्णरूपमा प्रश्नकर्तालाई सुम्पेको छु । यसमा चलचित्रसँगै राजनीति र मानवीय जीवनका विविध पक्षलाई मेरो बुझाइसँगै व्यक्त गरेको छु । मेरो परिवारको कुरा पनि यसमा ल्याएको छु’, हमालले थपे ।
यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः बाचेको जस्तो महसुस भएको अभिनेता हमालले बताए । प्रश्नकर्ता यज्ञशले राखेका सम्पूर्ण जिज्ञासाको जवाफ आफूले दिएको उल्लेख गरे ।
‘मेरो चलचित्र हेर्ने बानी यहाँ काम लाग्यो । मैले जसरी अभिनेता हमाललाई चिनेको थिएँ वा चलचित्रमा हेर्दै आएको थिएँ, त्यसले पुस्तक लेखनका क्रममा सहयोग गरेको छ । मैले राखेका हरेक जिज्ञासालाई उहाँले जवाफ दिनुभएको छ । त्यस कारण यहाँ केही छुटेको भन्ने लागेमा त्यो मैले सोच्न नसकेको वा मैले छुटाएको हुनेछु’, लेखक यज्ञशले भने । २ सय ९३ पृष्ठको यो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया