जेन–जी आन्दोलनका क्षतिको यथार्थ विवरण माग्दै आयोगको सार्वजनिक आह्वान

काठमाडौं । जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते देशभर भएका तोडफोड र आगजनी घटनाको यथार्थ तथ्यांक संकलनका लागि जाँचबुझ आयोगले सर्वसाधारणमा जानकारी मागेको छ।
आयोगले बिहीबार जारी विज्ञप्तिमा राजनीतिक दल, संघ–संस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिबारे प्रमाणसहितको विवरण पठाउन अनुरोध गरेको हो। आयोगले तोकिएको ढाँचामा तयार पारिएको विवरण इमेल sept8and9incident.ic@gmail.com मा पठाउन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको क्षतिबारे श्रव्य–दृश्य, फोटो वा अन्य कागजातका प्रमाणहरू उपलब्ध गराई घटनाको सत्यता पुष्टि गर्न सहयोग पुर्याउन अनुरोध गर्दछौं।”
आयोगले हुलाकमार्फत पनि विवरण पठाउन सकिने व्यवस्था गरेको छ। तर हुलाकबाट पठाइएको विवरणको सफ्टकपि भने अनिवार्य रूपमा सोही इमेल ठेगानामा पठाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, क्षतिको वास्तविक मूल्यांकन र अनुसन्धानको निष्कर्षमा पुग्न घटनासम्बन्धी प्रत्यक्ष प्रमाण र विवरण अत्यावश्यक भएकाले यस्तो आह्वान गरिएको हो।

शर्माले भने, “राजनीतिक दलदेखि साधारण नागरिकसम्म, जसको सम्पत्तिमा क्षति पुगेको छ, सबैको विवरण संकलन गरेर तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने लक्ष्य आयोगको छ।”
आन्दोलनका क्रममा काठमाडौँसहित देशका विभिन्न भागमा सरकारी कार्यालय, दलका केन्द्रीय कार्यालय, निजी घर तथा सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो। अब आयोग त्यस्ता सबै घटनाको यथार्थ चित्र सार्वजनिक गर्न तयारी गर्दैछ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया