सृजना विकास केन्द्रको अधिवेशन

पोखरा ।
स्थापनाको ४६ औं वार्षिकोत्सवको अवसरमा सृजना विकास केन्द्र, पोखराको ४८औं साधारण सभा तथा २४औं अधिवेशन शनिबार पोखरामा भएको छ । संस्था २०३७ साल असोज २५ गते स्थापना गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोग, पोखराकी प्रमुख नितु गर्तौलाले सामाजिक न्याय र मानवअधिकार सुनिश्चित नभएसम्म समाज र नागरिकको जीवनस्तर सुधार हुन नसक्ने बताइन् ।
उनले संस्थाले आफ्नो उद्देश्यअनुसार सामाजिक उत्तरदायित्वका साथ काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि युवापुस्तालाई स्वयम्सेवी भावनाले सामाजिक न्यायका क्षेत्रमा सक्रिय हुन प्रोत्साहन गर्न आग्रह गरिन् ।
गर्तौलाले हाल देशमा देखिएको विषम परिस्थिति समाधानका लागि सामाजिक संघसंस्थाले नागरिकका हक अधिकारका क्षेत्रमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् । सृजना विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद बरालले ४६ वर्षको यात्रामा संस्थाले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको बताए ।
उनका अनुसार संस्थाले गरिबी र पछौटेपन अन्त्यलाई आफ्नो मूल ध्येय बनाउँदै बहिरा विद्यालय स्थापना, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालन, महिला लघुऋण परियोजना, द्वन्द्वपीडित बालगृह, खानेपानी योजना, सहकारी सञ्चालन लगायतका कार्यक्रम सफलतापूर्वक अघि बढाउँदै आएको छ ।
बरालले सृजना लघुवित्त कार्यक्रमलाई समयानुकूल रूपान्तरण गरी जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको रूपमा स्थापित गर्नु संस्थाको प्रमुख उपलब्धि रहेको बताए । साधारण सभामा महासचिव चन्द्र गिरीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरे । दुवै प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित भएको सचिव बालकृष्ण बरालले जानकारी दिए ।








पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया