फोटोग्राफर मञ्च स्याङ्जामा हिमाल

पोखरा ।
स्याङ्जाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीको संगठन ‘फोटोग्राफर मञ्च स्याङ्जा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा भएको छ । अधिवेशनले पत्रकारसमेत रहेका फोटोग्राफर हिमाल न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
नवगठित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बाबुराम रेग्मी, उपाध्यक्ष शिव भण्डारी, सचिव प्रदीप पाठक, र कोषाध्यक्षमा विकास खाँण र सहकोषाध्यक्ष विनोद गुरुङ छन् । सदस्यमा गीता भट्टराई, केदारमान श्रेष्ठ, कमला लम्साल, विवेक श्रेष्ठ, सन्जोक थापा, रविन थापा र सुरेश उचै ठकुरी छन् । सल्लाहकारमा ढाकाराम खनाल, महेन्द्र श्रेष्ठ र निवर्तमान अध्यक्ष बिमल खनाल चयन भए ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले व्यावसायिक एकताको महत्व र औचित्यबारे प्रकाश पारे । गल्याङ नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद भट्टराईले फोटोग्राफी विशेष क्षेत्र भउको बताए ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका महासचिव प्रेमप्रसाद पराजुली, गल्याङ चेम्बर अफ कमर्स अध्यक्ष अर्जुन रानाभाट, संस्थाका अध्यक्ष बिमल खनाल, सचिव बाबुराम रेग्मी, कोषाध्यक्ष प्रदिप पाठक, उपाध्यक्ष ढाकाराम खनाल लगायतले बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया