बृहत् फेदीखोला समाजमा विजय

पोखरा ।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा जन्म भई स्थायी, अस्थायी वा पेसा व्यवसाय गरी पोखरामा बस्ने सम्पूर्ण फेदीखोलेहरूको साझा संस्था बृहत् फेदीखोला पोखरा सम्पर्क समाज पोखरा, कास्कीको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले विजय पौडेलको अध्यक्षतामा २ वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्यो ।
समाजको प्रथम उपाध्यक्षमा लाल कार्की (अन्जान), द्वितीय उपाध्यक्षमा कुलबहादुर रानाभाट (मन), सचिवमा मीनप्रसाद सुवेदी, सहसचिवमा जीतबहादुर क्षेत्री (राजकुमार), कोषाध्यक्षमा सूर्यप्रसाद गौतम (अनिष) र सदस्यहरूमा नरेन्द्रकुमार कार्की, देविका कार्की अधिकारी, गंगाकुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दीपेन्द्र पौडेल, शारदा रानाभाट, डिलबहादुर अधिकारी (रामचन्द्र) र उदयराज पौडेल (मनोनित) छन् ।
कानुनी सल्लाहकार टंक पौडेलको संयोजकत्वमा कमल सुवेदी र रक्षा गोदारको निर्वाचन समितिले निर्वाचन गर्यो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराइयो । सभाले सचिव मीनप्रसाद सुवेदीको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार क्षेत्री (राजकुमार) को आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी पुण्यप्रसाद सुवेदीले कार्यक्रमको उदघाटन गर्दै समाजले उत्कृष्ट कार्य गरिरहेको, आगामी दिनहरूमा पनि निरन्तरता दिन आग्रह गर्दै आफूले सक्ने सहयोग सधैँ गरिरहने पनि प्रतिबद्धता व्यक्त गरे ।
त्यसै गरी फेदीखोला गाउँपालिका उपाध्यक्ष देवकुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष अभिलाष गुरुङ, निवर्तमान अध्यक्ष कृष्णबहादुर क्षेत्री (उदय), सल्लाहकारहरू तथा अक्षयकोषदाताहरू मेजर डिलबहादुर गुरुङ, डा. चन्द्रबहादुर गुरुङ, कानुनी सल्लाहकार टंक पौडेल, फेदीखोला गापा वडा नम्बर १ का वडाध्यक्ष अमृत क्षेत्री, वडा नम्बर ४ का वडाध्यक्ष ख्याम नारायण पौडेल, समाजसेवी आदरणीय व्यक्तित्व पुष्पराज बराल, टीकाराम पौडेल, यमप्रसाद पौडेल, दयाराम लामिछाने, पूर्व प्रहरी उपरीक्षक पदमप्रसाद सुवेदी, समाजसेवी जीतजंग कार्की, मिडिया संयोजक कृष्ण रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सो अवसरमा समाजसेवी हवल्दार मेजर नरकाजी गुरुङ, मिलनबहादुर केसी र उदयीमान गायक विशाल रानाभाट, संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्ने एक पदाधिकारीमध्येबाट जीतबहादुर क्षेत्री (राजकुमार) लाई सम्मान गरियो । संस्थाका अध्यक्ष जगदीश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष विजय पौडेलले र सञ्चालन सचिव मीनप्रसाद सुवेदीले गरे ।








पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
गोरखामा माछा मार्न गएका युवक मृत फेला
पोखरा आदर्शका विद्यार्थीलाई साइबर सुरक्षा र अपराध सचेतनाबारे प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया