विकास नेपालको सभा

समाधान संवाददाता २०८२ असोज २७ गते ११:१५

पोखरा ।
विकास नेपालको २१ औं वार्षिक साधारण सभा आइतबार पोखरामा भएको छ । सभामा पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्थानीय सरकारले सबैसँग पहुँच पुर्‍याउन पनि गैह्रसरकारी संस्थाको आवश्यकता रहेको बताए ।


उनले हरेक क्षेत्रमा इमान्दारिता र कर्मशिलता भएमा मात्र समाजले फड्को मार्न सक्ने धारणा राखे । संस्थाका सल्लाहकार रमेश पौडेलले कुनै पनि सरकारको ध्यान नपुगेको स्थानमा गैह्र सामाजिक संस्था पुगेर काम गरिरहेको बताए ।


गैसस महासंघ गण्डकी प्रदेशका इन्चार्ज गोपाल खड्काले गैह्र सरकारी संस्थाहरु सरकारसँग समन्वय गरी अगाडि बढेमा अन्तर्राष्ट्रिय दाताहरु सहकार्य गर्न इच्छुक हुने विचार राखे । यस संस्थाले अपांगता र कुष्ठरोग क्षेत्रमा काम गर्दै आएकोेमा अझै प्रभावकारी ढंगबाट अगाडि बढ्नु पर्नेमा निवर्तमान अध्यक्ष बुद्धिबहादुर थापाको जोड छ ।

Advertisement


सभामा संस्थाका सचिव बुद्धिबल रम्तेलले वार्षिक प्रगति प्रतिवेदन र ०८२/०८३ को प्रस्तावित वार्षिक योजना प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष शंकर पन्थले ०८१/०८२ को आर्थिक प्रतिवेदन र ०८२/०८३ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरे । संस्थाका अध्यक्ष गणेश पाख्रिनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष विमलाकुमारी केसीले स्वागत गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया