शिशुवा ज्येष्ठ नागरिक समाजको सभा

समाधान संवाददाता २०८२ असोज २७ गते ११:४७

लेखनाथ ।
ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको पोखरा–३० को शिशुवा जेष्ठ नागरिक समाजको चौथो साधारणसभा शनिबार भएको छ ।


साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जेष्ठ नागरिक समाजका जिउँदा इतिहास र अनुभवका खानी भएकाले उनीहरूबाट धार्मिक विषयवस्तुदेखि संस्कार र संस्कृति सिक्नुपर्ने सुझाव राखेका थिए ।


संस्थामा आबद्ध दुई सय ६० भन्दा बढी सदस्यहरूका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको समाजले चाडपर्व विशेषमा धार्मिक प्रवचनदेखि स्वास्थ्य शिविर र धार्मिक क्षेत्रको भ्रमण गर्ने काम गर्दै आएको छ ।

Advertisement


यसैबिच कार्यक्रममा पोखरा ३० का वडासदस्य विनोदप्रसाद लामिछाने, उमा परियार, शिशुवा अस्पतालका अध्यक्ष बाबुराम गिरी, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष ऋषिराम जमरकटेल, सल्लाहकार बलराज पौडेल, वामदेव जमरकटेल, श्रीकृष्ण प्रणामी बृन्दावन धामका पीठाधीश गुरु वशिष्ठ, पण्डित कृष्णप्रसाद लामिछाने, राजेन्द्र अधिकारी, श्रीकृष्ण जेष्ठ नागरिक समाजका अध्यक्ष तीर्थराज न्यौपाने, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अर्जुन ताम्राकार, भजनकीर्तन संयोजक शालिकग्राम गौतम, नारायणप्रसाद घिमिरे, सञ्चारकर्मी कविराज खनाल र भीमपाणि बराल लगायतले जेष्ठ नागरिकको हकहितका सवालमा राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका थिए ।


शिशुवा ज्येष्ठ नागरिक समाजका अध्यक्ष तारापति पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष उमा बास्तोलाले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव बोधराज गौतमले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया