आर्बामा ज्येष्ठ नागरिक सम्मान

समाधान संवाददाता २०८२ असोज २७ गते १६:३२

पोखरा ।
जेष्ठ नागरिक कल्याणकारी संस्था, पोखरा १३ आर्वाले ९० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा सदस्य सुचित तामाङले सम्मान गरेकी हुन् ।


अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सन्दर्भ पारेर आयोजित कार्यक्रममा आर्बाका ९३ वर्षीया देवकी बराल, ९३ वर्षीय भीमबहादुर बराल, ९२ वर्षीय पशुपति बराल तथा ९१ वर्षिया काशी गुरुङलाई दोसल्ला, सम्मानपत्र, फुलमाला तथा फलफुलसहित सम्मान गरियो । ज्येष्ठ नागरिक कल्याणकारी संस्था, पोखरा १३ आर्वाका अध्यक्ष बलराम सिग्देलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष सरस्वती बरालले कार्यक्रम सञ्चालन तथा सदस्य बसन्त शर्मा अधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा आर्बाका बहुसंख्यक ज्येष्ठ नागरिकहरुको उपस्थिति थियो । संस्थाले हरेक वर्ष यस प्रकारका सम्मान कार्यक्रमहरु गर्दै आएको कोषाध्यक्ष रामकाजी बरालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया