कास्की आदर्श समाजमा हंसराज

समाधान संवाददाता २०८२ असोज २७ गते १६:३९

पोखरा ।
विश्वभर छरिएका कस्केलीहरूलाई एकताबद्ध गरी सामाजिक एकता र जन्मथलोप्रतिको आत्मीयता बलियो बनाउन स्थापित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महेन्द्रपुलस्थित रोयल साकुरा रेस्टुरेन्ट एण्ड बारको सभाहलमा हालै सम्पन्न महाधिवेशनले हंसराज ढकाल क्षेत्री (कतार)को अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।


यसैगरी, वरिष्ठ उपाध्यक्षमा युबराज अधिकारी (जर्मनी), प्रथम उपाध्यक्षमा अमर सापकोटा (साउदी अरब), द्वितीय उपाध्यक्षमा नेत्र केसी (अमेरिका), तृतीय उपाध्यक्षमा मनबहादुर कुँवर (नेपाल) र महिला उपाध्यक्षमा प्रमिला बराल (नेपाल) छन् ।


महासचिवमा प्रभात त्रिपाठी (कतार), उपमहासचिवमा भगवान गिरी (बेल्जियम), महिला सचिवमा सरस्वती सिग्देल (नेपाल), सचिवमा श्रीराम पोखरेल (क्यानडा) र कोषाध्यक्षमा विश्वज्योति सुवेदी (नेपाल) रहेका छन् । महिला संयोजकमा पवित्रा उपाध्याय खड्का र युवा संयोजकमा पूर्णबहादुर खड्का (यूएई) चयन भएका छन् । आइसिसी सदस्यहरूमा प्रितम त्रिपाठी (क्यानडा), विष्णुप्रसाद सुवेदी (कतार) र तोरणबहादुर क्षत्री (नेपाल) छन् ।

Advertisement


महाधिवेशनमा कतार, साउदी, अमेरिका, बेल्जियम, क्यानडा, जर्मनी लगायतका देशमा रहेका ४० भन्दा बढी सदस्यहरू भर्चुअल माध्यमबाट सहभागी भए । महाधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कस्केलीहरू साँच्चै आदर्शका पर्यायवाची भएको बताए । उनले भने, ‘समाजमा एकताको बाटोमा अगाडि बढ्ने प्रयासले मात्र हाम्रो जन्मथलो कास्कीको पहिचान विश्वभर चम्किनेछ ।’


विशेष अतिथि गोपीकृष्ण काफ्लेले आफ्नो जन्मथलोमा प्रत्यक्ष अधिवेशन गर्न पाउँदा खुसी व्यक्त गरे । कास्की आदर्श समाज नेपालका उपाध्यक्ष शिवराज अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गर्दै समाजको इतिहास, वर्तमान र भावी योजनाका बारेमा जानकारी दिए । महाधिवेशनको दोस्रो सत्रमा प्रमुख निर्वाचन आयुक्त गोपीकृष्ण काफ्लेको अध्यक्षतामा बैठक बसेर विधानका विभिन्न बुँदामा परिमार्जन गरियो ।

Advertisement

त्यसपश्चात निर्वाचन समितिका संयोजक काफ्लेले नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका थिए । नयाँ नेतृत्वले सामाजिक एकता, जन्मथलोप्रतिको प्रेम र विश्वभरका कस्केलीबीचको सशक्त सम्बन्ध कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया