माइडियाको बाई एन्ड विन अफर

काठमाडौं- सिजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्रान्ड माइडियाको यस वर्षको दशैं–तिहार योजना ‘माइडिया बाई एन्ड विन जुम’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत माइडियाका होम अप्लायन्स खरिद गर्ने उपभोक्ताले हिरो जुम १२५ सिसी स्कुटर लगायत विभिन्न आकर्षक उपहार र क्यासब्याक जित्न सक्नेछन्।
सिजी इलेक्ट्रोनिक्सले एक विज्ञप्ति जारी गर्दै दशैं–तिहारलाई लक्षित गरी यो विशेष योजना ल्याएको जनाएको छ। यो योजनाको बम्पर लक्की ड्रमा एक जना भाग्यशाली विजेताले हिरो जुम १२५ सिसी स्कुटर जित्ने अवसर पाउनेछन्।
योजनामा सुनिश्चित उपहारहरू पनि समावेश छन्। साइड बाई साइड वा मल्टी डोर रेफ्रिजरेटर खरिदमा नि:शुल्क इन्डक्सन चुलो पाइनेछ। वासिङ मेसिन खरिदमा ६ किलोग्राम एरिएल डिटर्जेन्ट नि:शुल्क दिइनेछ भने डिशवासर खरिदमा नि:शुल्क डिशवासर ट्याब्लेटहरू उपलब्ध हुनेछन्।
उपभोक्ताहरूले यो योजनाअन्तर्गत अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्मको क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्। खरिद गरिसकेपछि उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर उपभोक्ताहरू बम्पर लक्की ड्रमा सहभागी हुन सक्ने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ।
माइडिया विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिति २ सय भन्दा बढी मुलुकमा छ। यसले नवप्रवर्तन, गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रियता कमाएको छ।
सिजी इलेक्ट्रोनिक्स नेपालमा होम अप्लायन्स र कन्जुमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो। सिजीको विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन्। यस दशैं–तिहारमा माइडिया र सिजी इलेक्ट्रोनिक्सले उपभोक्ताहरूका घर–घरमा नयाँ उमंग, सुविधा र खुसी ल्याउने लक्ष्य लिएका छन्।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया