सुन तस्करी प्रकरण: पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, ८ करोडभन्दा बढी बिगो दाबी

समाधान संवाददाता २०८२ असोज २७ गते १७:४४

काठमाडौँ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेपछि सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।

महरामाथि संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबीसहित ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ।

Advertisement

यस मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले महरालाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्नेबारे आदेश दिनेछ। महरामाथि भेपमा लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महराविरुद्ध सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो र केही दिनअघि उनको बयानसमेत लिएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया