ज्येष्ठ नागरिकलाई सित्तैमा स्ट्रिम बाथ

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान गर्दै उनीहरुलाई चिसोबाट जोगाउन तथा स्वास्थ्य रक्षाका लागि निःशुल्क ‘स्ट्रिम साउना बाथ’ सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका कार्यालय अन्तर्गत त्यहाँको वडा ३ स्याङले ज्येष्ठ नागरिकको सेवा तथा पर्यटकको सुविधाका लागि स्ट्रिम साउन बाथ’ सञ्चालनमा ल्याएको हो ।
बेनी जोमसोम सडक मार्ग नजिकै रहेको यहाँको स्याङ पुल्चोक स्थित खाली जग्गामा गाउँपालिका अन्तर्गत वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘स्ट्रिम साउन बाथ’ लगायतका पूर्वाधार निर्माण गरेको वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले जानकारी दिए । गाउँपालिकाले अघिल्ला २ आर्थिक वर्षमा पन्ध्र/पन्ध्र लाख बजेट विनियोजन गरी ३० लागतमा स्ट्रिम साउन बाथ लगायतका पूर्वाधार निर्माण गरेको वडाध्यक्ष थकालीले उल्लेख गरे ।
गाउँपालिका भित्रका ज्येष्ठ नागरिकलाई जाडो र निमोनियाका साथै हाइ अल्टिच्युड हुने समस्यालाई निराकरण गर्न ज्येष्ठ नागरिकमैत्री निःशुल्क स्ट्रिम बाथ’ सञ्चालनका गर्न पूर्वाधार निर्माण गरिएको हो । सुरुवाती चरणमा ज्येष्ठ नागरिकका लागि न्यानो कोठा निर्माण गर्ने योजना रहेकोमा त्यसलाई परिवर्तन गरी स्ट्रिम साउना बाथ निर्माण गरिएको वडाध्यक्ष थकालीको भनाइ छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई सित्तैमा र पर्यटकलाई शुल्क लिएर स्ट्रिम साउना बाथ सुरु गरेको छ ।
गाउँपालिकाले त्यहाँको स्याङ पुल्चोक नजिकको खाली जग्गामा एक तले स्ट्रिम साउना बाथ पक्की भवन निर्माण गरेको छ । यसमा स्ट्रिम र साउना बाथ’का लागि आवश्यक उपकरण तथा सामग्री जडान भइसकेका छन् । स्ट्रिम साउना बाध बिजुलीबाट सञ्चालन हुनेछ ।
यसका अतिरिक्त गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पर्यटकको सुविधाका लागि शौचालयसमेत निर्माण गरिसकेको छ । त्यहाँ चाँडै रेष्टुरेन्ट सञ्चालनका लागि थप पूर्वाधार निर्माण गर्ने योजना रहेको वडाध्यक्ष थकालीले सुनाए ।
स्याङ पुल्चोक स्थित स्ट्रिम साउना बाध सेवा केन्द्रबाट गाउँपालिका भित्रका ज्येष्ठ नागरिकले सेवा लिदा कुनै शुल्क नलाग्ने वडा कार्यालयले जनाएको छ । तर, सेवा सञ्चालन गर्दा विद्युत र कर्मचारी व्यवस्थापन लगायतमा अतिरिक्त खर्च हुने भएकाले पर्यटकका लागि सशुल्क सेवा प्रदान गरिने व्यवस्था गरिएको वडाध्यक्ष थकालीले उल्लेख गरे । गाउँपालिकाले सञ्चालन गरेको सेवामा पुरुष र महिलाका लागि अलग अलग स्ट्रिम साउना बाथ कक्षको व्यवस्था गरिएको छ ।
स्ट्रिम साउना बाथको सेवा लिँदा र लिइसकेपछि नुहाउनका लागि अतिरिक्त स्नान कक्षसमेत निर्माण गरिएको वडाध्यक्ष थकालीले उल्लेख गरे । पोखराकी चिनमाया गुरुङले यहाँ सञ्चालनमा रहेको स्ट्रिम बाथ सेवाको पूर्वाधार निकै राम्रो लागेको सुनाइन् । यात्राका क्रममा कोरलानाका र मुक्तिनाथ दर्शन गरी फर्किदा धुँवा र धुलोले थकित महसुस भएकोमा यहाँको स्ट्रिम साउन बाथको सुविधाले सबै थकान हटाएको उनको भनाइ छ ।
अहिले हङकङबाट मुस्ताङ घुम्न आएकी उषा गर्बुजा पुर्जाले एक घण्टा यहाँको स्ट्रिम साउना बाथमा बस्दा निकै आनन्दित तुल्याएको जनाइन् । उनले यहाँ सेवा लिँदा पाँच जना व्यक्तिले एकैसाथ सेवा लिन सकिने र त्यसको शुल्क एक हजार लागेको जानकारी दिइन् ।
अर्का पर्यटक गंगा पुनले उक्त रक्त चाप भएका मुटुरोगका बिरामीका लागि यस प्रकारको स्ट्रिम बाथ’को सुविधाले रक्त चापको समस्यालाई नियन्त्रण गर्न योगदान पु¥याउने उल्लेख गरिन् । यहाँ निर्माण गरिएको स्ट्रिम बाथ’को सेवा सञ्चालनले ज्येष्ठ नागरिकको सेवा साथसाथै मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि निकै उपयोगी हुने घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिह लालचनको भनाइ छ ।
धुवा, धुलोले गर्दा थकित भएका पर्यटकलाई स्ट्रिम साउना बाथको सुविधा आनन्दको अनुभूति दिलाउने अध्यक्ष लालचनको भनाइ छ । उहाँले मानिसको शरिरमा भएका विकार तत्वहरु हटाउन र छालालाई मुलायम राख्न यस प्रकारको सेवा स्वास्थ्यका लागि समेत उययोगी भएको उनले अपेक्षा गरे ।
गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको सम्मानमा निर्माण गरिएको पूर्वाधारबाट पर्यटकहरु समेत प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । तत्कालका लागि स्थानीय वडा तहका जनप्रतिनिधिबाट सञ्चालन गरिने र त्यसपछि सेवा प्रभावकारिता मूल्यांकन गरी कर्मचारी खटाउने योजना छ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया