नामै ‘समाधान राष्ट्रिय दैनिक’

पोखरा ।
समाधान मिडिया प्रालिद्वारा प्रकाशन भइरहेको ‘समाधान राष्ट्रिय दैनिक’ २०५९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई निरन्तर छ । यस दैनिकको पूरा नाम नै ‘समाधान राष्ट्रिय दैनिक’ हो । ‘राष्ट्रिय दैनिक’का विषयलाई लिएर भइरहेको अनर्गल र भ्रामक प्रचारबाट यस दैनिकको ध्यानाकर्षण भएको छ ।
पाठक, शुभेच्छुक र विज्ञापनदाता सबैलाई प्रष्ट गर्न चाहन्छौं जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदा नै पत्रिकाको नाम—समाधान राष्ट्रिय दैनिक र किसिम—दैनिक छ । सोही दर्ता बमोजिम प्रेस काउन्सिल नेपाल, सूचना विभाग, विज्ञापन बोर्ड लगायतमा पनि यो पत्रिका सूचीकृत छ ।
प्रेस काउन्सिल नेपाल सञ्चार माध्यम नियमन र पत्रपत्रिका वर्गीकरणसमेत गर्ने निकाय हो । काउन्सिलको वर्गीकरणमा समेत यो पत्रिका समावेश भई नियमित रूपमा आफ्नो व्यावसायिक पत्रकारिता अभ्यास गरिरहेको छ । दर्ता भएको आधिकारिक नाम नै ‘समाधान राष्ट्रिय दैनिक’ भएको अवस्थामा यसको नामको वैधानिकता र पहिचानमा कुनै द्विविधा छैन ।
‘राष्ट्रिय दैनिक’ को लोगो प्रयोग गरेको भन्ने विषयमा, हाम्रो पत्रिका दर्ता र वर्गीकरण अनुसार नै नियमित रूपमा प्रकाशित भइरहेको र पत्रिकाको नाम नै ‘समाधान राष्ट्रिय दैनिक’ भएको हुनाले सोही नाम र पहिचान प्रयोग गर्नु स्वाभाविक भएको समाधान मिडिया प्रालि सबैलाई अवगत गराउँछ । हाम्रो प्रकाशन ‘समाधान राष्ट्रिय दैनिक’ ले पत्रकार आचारसंहिता, २०७३ (संशोधित २०७८) तथा प्रेस काउन्सिल ऐन, २०४८ लगायत प्रचलित कानुनको पूर्ण पालना गर्दै आएको छ ।
काउन्सिलले गरेको वर्गीकरण अनुसार नै सरकारले उपलब्ध सुविधा यस पत्रिकाले प्राप्त गर्दै आएको छ । नेपाल संघीयता व्यवस्थामा गएपछि प्रदेश स्तरीय पत्रिका बनाउने उद्देश्य साथ समाधानले काउन्सिलको वर्गीकरणमा आफूलाई प्रादेशिक पत्रिकाका रुपमा आवेदन गरेपछि प्रदेश ‘क’ को वर्गमा यो पत्रिका पर्दै आएको छ । समाधान दैनिकले विज्ञापन दाताहरुबाट प्राप्त विज्ञापन प्रकाशन गर्दै आएको छ ।
तर त्यसका लागि कुनै झुठो दाबी पेस गर्ने वा अन्य कुनै अस्वाभाविक कर्म गरेको छैन । पाठकको माया र विश्वसनीयताका कारण नै समाधान राष्ट्रिय दैनिक पत्रिका २४ वर्षदेखि नियमित रुपमा प्रकाशित छ । मुलुक चरम द्वन्द्वमा रहेका बेला सुरु भएको पत्रिकाले यसबीचमा धेरै आरोह अवरोह खेपेको छ । तर विश्वसनीयता र व्यावसायिकतामा कहीँ कससँग कहिल्यै पनि सम्झौता गरेको छैन र गर्ने पनि छैन ।
२०७२ सालमा संविधान सभाबाट सविधान जारी भएपछि हामीले थप व्यावसायिक साझेदारका साथ यात्रा अघि बढाएको हो । अवगत भएको विषय हो, औद्योगिक घराना कम भएको र अन्य व्यावसायिक गतिविधि कम रहेको पोखरामा दैनिक रंगिन पत्रिका प्रकाशन गर्नु आफैमा चुनौतीपूर्ण थियो र छ । चुनौतीबीच समाधानले आफ्नो निष्ठापूर्ण यात्रालाई निरन्तरता दिँदै आएको छ ।
विगतमा यसै पत्रिकामा काम गरेका र व्यावसायिक पत्रकारितामा पटकपटक चुकेका व्यक्तिले समाधानको व्यावसायिक यात्राका सवालमा आक्षेप लगाउनु आफैमा आश्चर्यजनक विषय हो । लोकतान्त्रिक मुलुकमा कानुन वमोजिम निरन्तर २४ वर्षदेखि यस समाधान पत्रिका नागरिकलाई सही सूचना प्रवाहका लागि कहिल्यै चुकेको छैन । पत्रकारिता टिक्ने सबैभन्दा महत्वपूर्ण आधार नै विश्वसनीयता हो । नागरिकमा सही सूचना प्रवाहका लागि अनवरत सेवारत समाधानले हालसम्म अदालतमा परेका कुनै मुद्दा हार्नुपरेको छैन । जरिवाना बुझाउने त सवालै रहेन । किन कि समाधान मनगढन्ते र हावादारी अनि बिनास्रोतका समाचार कहिल्यै प्रकाशन गर्दैन ।
कोही कसैले सामाजिक सञ्जाल र दुराशयपूर्ण मिसनका साथ चलाएका अनलाइनमा आएका समाधान राष्ट्रिय दैनिक र यसमा आवद्ध व्यक्ति लक्षित समाचारका प्रति हामीले बेवास्ता गरेकै हो । सार्वजनिक सम्पति मानिने पत्रिकाको मूल्यांकन एकजना व्यक्तिले होइन सचेत नागरिकले गर्छन् भन्ने हाम्रो विश्वास हो । हाम्रो मौनतालाई कमजोरी ठानेर बारम्बार निम्नस्तरीय शब्द प्रयोग गर्दै आउने भ्रमपूर्ण सूचना र खबर आउने क्रम रोकिएको छैन । तर भ्रम टिक्दैन र हाम्रो विश्वसनीयता एवं व्यावसायिक पत्रकारिता बिचलित हुँदैन । भ्रमले सत्य ढाक्न सक्दैन ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया