माइडियाको बाई एन्ड विन अफर

समाधान संवाददाता २०८२ असोज २८ गते ११:२१

काठमाडौं ।
सिजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्रान्ड माइडियाको यस वर्षको दशैं–तिहार योजना ‘माइडिया बाई एन्ड विन जुम’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत माइडियाका होम अप्लायन्स खरिद गर्ने उपभोक्ताले हिरो जुम १२५ सिसी स्कुटर लगायत विभिन्न आकर्षक उपहार र क्यासब्याक जित्न सक्नेछन् ।


सिजी इलेक्ट्रोनिक्सले एक विज्ञप्ति जारी गर्दै दसैं–तिहारलाई लक्षित गरी यो विशेष योजना ल्याएको जनाएको छ । यो योजनाको बम्पर लक्की ड्रमा एक जना भाग्यशाली विजेताले हिरो जुम १२५ सिसी स्कुटर जित्ने अवसर पाउनेछन् ।


योजनामा सुनिश्चित उपहारहरू पनि समावेश छन् । साइड बाई साइड वा मल्टी डोर रेफ्रिजरेटर खरिदमा निःशुल्क इन्डक्सन चुलो पाइनेछ । वासिङ मेसिन खरिदमा ६ किलोग्राम एरिएल डिटर्जेन्ट निःशुल्क दिइनेछ भने डिशवासर खरिदमा निःशुल्क डिशवासर ट्याब्लेटहरू उपलब्ध हुनेछन् ।

Advertisement


उपभोक्ताहरूले यो योजनाअन्तर्गत अधिकतम ३७ हजार ७ सय रुपैयाँसम्मको क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । खरिद गरिसकेपछि उपलब्ध क्युआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेर उपभोक्ताहरू बम्पर लक्की ड्रमा सहभागी हुन सक्ने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।


माइडिया विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिति २ सय भन्दा बढी मुलुकमा छ । यसले नवप्रवर्तन, गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रियता कमाएको छ ।

Advertisement


सिजी इलेक्ट्रोनिक्स नेपालमा होम अप्लायन्स र कन्जुमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो । सिजीको विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन् । यस दसैं–तिहारमा माइडिया र सिजी इलेक्ट्रोनिक्सले उपभोक्ताहरूका घर–घरमा नयाँ उमंग, सुविधा र खुसी ल्याउने लक्ष्य लिएका छन् ।

तपाईको प्रतिक्रिया