सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना
पोखरा ।
पोखरा ६, जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दसैँ–तिहारमा ग्राहकहरूलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । दसैँ र तिहारलाई लक्षित गरी ल्याएको यस योजनामा १ हजारको खरिदमा एउटा कुपन पाइनेछ ।
लक्की ड्रमार्फत विजेताले प्रथम पुरस्कार इलेक्ट्रिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउनेछन् । अन्य १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।
१७ वर्षअगाडि पोखराका पर्यटन व्यवसायीहरूको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने घरयासी सामग्रीहरू सुलभ मूल्यमा बिक्री गर्दै आएको छ । अघिल्ला वर्षहरूमा पनि स्टोरले उपहार योजना चलाउँदै आएको थियो ।
सुलभ डिपार्टमेन्टल स्टोर्सले होटल, रेस्टुरेन्ट र घरयासी प्रयोगमा आउने किचनका भाँडाहरू थप गरेको छ । करिब २ करोडको लागतमा होटल, रेस्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्यका साथ स्टोरमा थप लगानी गरेको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।
उनले पोखरामा थपिँदै गएका होटल तथा रेस्टुरेन्टका लागि आवश्यक किचनका सम्पूर्ण सामग्री सहज रूपमा पाउन सकिने बताए । पहिले काठमाडौँ धाउनुपर्ने भएपछि अब सबै स्टोरमा नै पाइने उनको भनाइ छ ।
उनका अनुसार स्टोरमा होटल तथा रेस्टुरेन्ट सञ्चालनका लागि चाहिने बुफे सेट, स्टेनलेस स्टिलका भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सुप प्यान, चपिङ बोर्ड, चक्कु, चम्चा, स्प्याचुला, टोङ, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुलो, ओभन, डिप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फुड प्रोसेसर, डिश–¥याक, वाटर फिल्टर लगायतका सानादेखि ठूलासम्म सबै भाँडाकुँडा उपलब्ध छन् ।
स्टोरले ग्राहकको मागअनुसार अर्डर लिने र होम डेलिभरीको समेत व्यवस्था रहेको व्यवस्थापक बरालले बताए । साना भाँडा पहिले पनि पाइने भए पनि अहिले होटल र रेस्टुरेन्टका लागि आवश्यक सामग्री थप गर्दै गएको उनको भनाइ छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया