ब्ल्याक प्लस डेकरको उपहार योजनाः हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म

काठमाडौँ ।
अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड ब्ल्याकप्लस डेकरले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थिति सशक्त बनाउँदै दशैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरण खरिद गर्ने ग्राहकले हिरो स्प्लेन्डर प्लस बाइक, भियतनाम ट्रिप, तथा सिजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन् ।
नेपालमा ब्ल्याक+डेकरका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्सद्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर सिजी डिजिटल आउटलेटहरू, एलजी शपीका आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध छन् ।
नेपालमा चाडपर्वको सन्दर्भमा ल्याइएको यो उपहार योजनाले ग्राहकको अनुभवलाई अझ मूल्यवान् बनाउने उद्देश्य राखेको छ । ब्रान्डको ’मेक लाइफ इजिअर’ भन्ने मूलमन्त्रसँग मेल खाने गरी उपकरणको खरिदसँगै उत्साहजनक उपहार जित्ने अवसर प्रदान गरिएको छ । अभियानको अन्त्यमा एक जना भाग्यशाली विजेताले अविस्मरणीय भियतनाम ट्रिप र एक जनाले हिरो स्प्लेन्डर+ मोटरसाइकल जित्नेछन् । यसबाहेक, लक्की ड्र मार्फत दुई जनाले सिजी सफारी ट्रिपको अवसर पाउनेछन् ।
यस योजनामा सहभागी हुन ग्राहकले ब्ल्याक प्लस डेकरको कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ र क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।
यो योजना भदौ २० गतेदेखि देशभरिका सिजी डिजिटल आउटलेटहरू, एलजी शपीका आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा ब्ल्याक+डेकरका उत्पादनहरू उपलब्ध छन् र यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।
ब्ल्याक+डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता, र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ । ११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ । ब्ल्याक प्लस डेकरले प्रयोगकर्ता–मैत्री डिजाइन, ऊर्जा दक्षता, र दीर्घकालीन टिकाउपनामा विश्वास राख्छ ।
नेपालमा उपलब्ध सबै उत्पादनहरू २४ महिना वारेन्टी, सिजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्क, र ग्राहक सन्तुष्टि केन्द्रित सेवासँगै उपलब्ध छन् ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया