शिक्षकलाई प्राथमिक उपचार प्रशिक्षण

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले शिक्षक नायकहरुलाई आधारभुत प्राथमिक उपचार प्रशिक्षण दिएको छ । लगातार ४ दिनसम्म चल्ने प्रशिक्षणमा २४ जना शिक्षक नायकको सहभागिता रहेको छ ।
तालिममा रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष तथा प्रशिक्षक संयोजक मोहनसिंह खड्का, कास्की शाखाका पूर्व कार्यालय प्रमुख खेमराज सापकोटा, राजेश घिमिरे, नवराज भण्डारी, सूर्यप्रसाद तिमिल्सिनाले सहजीकरण गरेका छन् ।
रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले प्रशिक्षणको उद्घाटन गर्दै प्राथमिक उपचार तालिम रेडक्रस अभियानको अभिन्न अंग भएको बताइन् । रेडक्रसले प्राथमिक उपचारको तालिमलाई महत्वपूर्ण रुपमा लिएर जनस्तरमा पु¥याएको उनले उल्लेख गरिन् ।
‘सो तालिम हरेक व्यक्तिले अनिवार्य रुपमा लिदा व्यक्तिगत र समुदाय स्तरमा सबैलाई फाइदा पुग्छ, ‘उनले भनिन्, ‘सवारी दुर्घटना, भूकम्प, प्राकृतिक प्रकोपमा परेका घाइतेलाई समयमा प्राथमिक उपचार गर्न सके ज्यान जोगाउन सकिन्छ ।’ उनले रेडक्रसले विपद् व्यवस्थापन, रक्त सञ्चार सेवा र मानवीय सेवाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् ।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले ४१ औं जिल्ला सभाको निर्णय तथा जुनियर युवा सर्कलका संरक्षकको गोष्ठीले निर्धारण गरेका १९ कार्यक्रम मध्ये प्रशिक्षण गरेको जानकारी दिए । रेडक्रस कास्कीका कोषाध्यक्ष खड्काले प्राथमिक उपचार तालिम बहुआयामिक शिक्षाको रुपमा सबैको लागि काम लाग्ने विषय भएको बताए । घाइते बिरामीको जीवन रक्षा गरी थप अवस्था बिग्रन नदिनको लागि प्रशिक्षार्थीले सहयोग पुर्याउने जानकारी दिदै उनले सहभागीलाई सीपमा आधारित प्रयोगात्मक शिक्षा दिने उल्लेख गरे ।
‘मानवताको पक्षमा’ भन्ने नाराका साथ भएको कार्यक्रममा रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले शिक्षक नायकले प्रशिक्षित भएपछि विद्यालयमा सामान्य घटना भएको खण्डमा अस्पताल लैजान भन्दा पहिला गर्ने उपचारमा व्यवहारिक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया