शिक्षक अभिभावक संघमा डिबी

समाधान संवाददाता २०८२ असोज २९ गते ११:४३

पोखरा ।
पोखरा ३३ आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् ।


मंगलबार विद्यालयमा भएको अभिभावक भेलाबाट संघका सदस्यमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । संघको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी छन् ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विश्वकर्माले विद्यालयको हितका लागि आफूले सकेसम्म प्रयास गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको संख्याभन्दा गुणात्मक विकासलाई महŒव दिनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ ।

Advertisement


कार्यक्रममा विद्यालयका शिक्षकको तर्फबाट सहायक प्रधानाध्यापक बालकुमारी थापा, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा सल्लाहकार हेमबहादुर थापा ‘किरण’ले शुभकामना दिएका थिए । कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया