‘सौन्दर्यको भग्नावशेष’को चर्चा

पोखरा ।
कवि एलिसा ढुंगानाको सौन्दर्यको भग्नावशेष कृति माथिको विमर्श कार्यक्रम पोखरामा भएको छ । कविता क्लब पोखराको आयोजनामा भएको कार्यक्रममा समीक्षक सुरज पौडेलले लेखन सामथ्र्य र शिल्प दुवै हिसाबले ढुंगानालाई सफल कविका रूपमा चित्रण गरे ।
पौडेलले उनका तीन खण्डमा अभिव्यक्त ३८ कवितालाई सच्चिदानन्दका रूपमा चित्रण गरे । कवि रमेश श्रेष्ठले कविताको उज्यालो जिन्दगीको सबैभन्दा उत्तम उज्यालो भएको बताए । उनले ढुंगानाको बाँकी कविता यात्राको सफलताको शुभेच्छासमेत व्यक्त गरे ।
साहित्यकार मणि लोहनीले कविता क्लबको व्यानरमा कवि ढुंगानाका कविताको विमर्शलाई एउटा महत्वपूर्ण प्राप्तिका रूपमा आफूले लिएको बताए । स्रष्टा ढुंगानाले आफ्ना कवितालाई कृतिको आवरणले उत्कृष्ट तुल्याएको अनुभूति व्यक्त गर्दै उत्कृष्ट कलाका लागि कवि रमेश श्रेष्ठलाई आभार व्यक्त गरिन् ।
आफू कविताको यात्राबाट अगाडि बढे पनि वाङ्मयका अन्य आयाममा समेत कालान्तरमा साधनामा लाग्ने धारणा राखिन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया