‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ बजारमा

पोखरा ।
साहित्यकार वासुदेव गौडेल विजयको ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ कृति पोखरामा लोकार्पण गरिएको छ ।
साहित्यकारद्वय सरुभक्त र चन्द्रप्रकाश बानियाँले संयुक्त रूपमा कृति लोकार्पण गरे । साहित्यकार सरुभक्तले वासुदेव गौडेललाई परदेशीलाई मार्गनिर्देशन गर्न सक्ने सामथ्र्यका स्रष्टाका रूपमा चिनाए । नेपालीलाई जन्मभूमि छोडेपछि आफ्नो राष्ट्र र राष्ट्रियताको मायाले सताउने यथार्थलाई विजयको लेखनले पुष्टिसमेत गरेको बताए ।
साहित्यकार बानियाँले सिर्जनाका अगाडि संरचना कहिल्यै ठूलो हुन नसक्ने बताउँदै गौडेललाई नेपाल बोकेर विश्व हिँडेका स्रष्टाका रूपमा चिनाए । प्राडा यमबहादुर पौडेल क्षत्रीले कुटीदेखि महलसम्मको व्याख्या गरिएको कृतिलाई एउटा मुक्ति ग्रन्थकारूपमा चिनाए । धरतीको विविधता जस्तै पारिवारिक विविधताले बासुदेवलाई स्रष्टा बनाएको जिकिर गरे ।
स्रष्टा गौडेलले आफ्नो जीवनयात्रालाई भावनाको पुलको माध्यममा जोडेर दुई देशको यथार्थलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नका लागि किताब निकालेको बताए । शोभाकान्त गौडेलले परदेशीमा रहेको इमानलाई आफ्नो छोराले कृतिका रूपमा लेखेको विषयले आफूलाई छोएको बताए ।
डा कालु शर्मा सुवेदीले परिस्थितिले क्यानडा पुग्दाको पीडा र समय र समस्याले जेलेको यथार्थ पुस्तकको विषय भएको धारणा राखे । अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा।ले जिन्दगीका ६० प्रतिशत खुसी बिना पैसा पाउँदा पनि हामी ४० प्रतिशतका पछाडि दौडेर दुःखी भइरहेको धारणा राखे ।
अनेसास गण्डकी महासचिव असफल गौतमले स्रष्टा गौडेललाई घरदेशको नेपालीपन र नेपाली मन बोक्ने राष्ट्रप्रेमी चिन्तककारूपमा चिनाए । आदर्श सापकोटाले वासुदेव गौडेललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाएको कार्यक्रममा सारा स्वीकृति शर्माले कृति भित्रको एक परिच्छेद पढेर सुनाएकी थिइन् ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया