‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ बजारमा

पोखरा ।
साहित्यकार वासुदेव गौडेल विजयको ‘रुट्स इन नेपाल विन्स इन क्यानडा’ कृति पोखरामा लोकार्पण गरिएको छ ।
साहित्यकारद्वय सरुभक्त र चन्द्रप्रकाश बानियाँले संयुक्त रूपमा कृति लोकार्पण गरे । साहित्यकार सरुभक्तले वासुदेव गौडेललाई परदेशीलाई मार्गनिर्देशन गर्न सक्ने सामथ्र्यका स्रष्टाका रूपमा चिनाए । नेपालीलाई जन्मभूमि छोडेपछि आफ्नो राष्ट्र र राष्ट्रियताको मायाले सताउने यथार्थलाई विजयको लेखनले पुष्टिसमेत गरेको बताए ।
साहित्यकार बानियाँले सिर्जनाका अगाडि संरचना कहिल्यै ठूलो हुन नसक्ने बताउँदै गौडेललाई नेपाल बोकेर विश्व हिँडेका स्रष्टाका रूपमा चिनाए । प्राडा यमबहादुर पौडेल क्षत्रीले कुटीदेखि महलसम्मको व्याख्या गरिएको कृतिलाई एउटा मुक्ति ग्रन्थकारूपमा चिनाए । धरतीको विविधता जस्तै पारिवारिक विविधताले बासुदेवलाई स्रष्टा बनाएको जिकिर गरे ।
स्रष्टा गौडेलले आफ्नो जीवनयात्रालाई भावनाको पुलको माध्यममा जोडेर दुई देशको यथार्थलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नका लागि किताब निकालेको बताए । शोभाकान्त गौडेलले परदेशीमा रहेको इमानलाई आफ्नो छोराले कृतिका रूपमा लेखेको विषयले आफूलाई छोएको बताए ।
डा कालु शर्मा सुवेदीले परिस्थितिले क्यानडा पुग्दाको पीडा र समय र समस्याले जेलेको यथार्थ पुस्तकको विषय भएको धारणा राखे । अनेसास गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा।ले जिन्दगीका ६० प्रतिशत खुसी बिना पैसा पाउँदा पनि हामी ४० प्रतिशतका पछाडि दौडेर दुःखी भइरहेको धारणा राखे ।
अनेसास गण्डकी महासचिव असफल गौतमले स्रष्टा गौडेललाई घरदेशको नेपालीपन र नेपाली मन बोक्ने राष्ट्रप्रेमी चिन्तककारूपमा चिनाए । आदर्श सापकोटाले वासुदेव गौडेललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाएको कार्यक्रममा सारा स्वीकृति शर्माले कृति भित्रको एक परिच्छेद पढेर सुनाएकी थिइन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया