गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ

पोखरा । गण्डकी प्रदेश सरकारले सवारी कर, दस्तुर र शुल्क तिर्न बाँकी रहेका सवारीधनीहरूलाई ठूलो राहत दिएको छ। सरकारले मिति २०८२ साल कार्तिक मसान्तभित्र कर तिरेमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको हो।
गण्डकी प्रदेश सरकारले जारी गरेको राजपत्रअनुसार, आर्थिक ऐन २०८२ को दफा ३ बमोजिम सवारी कर अन्तर्गत उपदफा (१) अनुसार भाद्र २३ देखि असोज मसान्तसम्म तिर्नुपर्ने कर, दस्तुर वा शुल्क नतिरेका सवारीधनीहरूले कार्तिक मसान्तभित्र भुक्तानी गरेमा जरिवाना तिर्नु पर्नेछैन।
राजपत्रमा उल्लेख छ, “मिति २०८२ साल कार्तिक मसान्तभित्र सवारी कर, दस्तुर तथा शुल्क तिर्न आएमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लाग्ने छैन।” यस निर्णयले लामो समयदेखि कर तिर्न ढिलाइ भएका सवारीधनीहरूलाई अस्थायी राहत प्रदान गर्ने लक्ष्य लिएको प्रदेश सरकारले जनाएको छ।
यसबाहेक, सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी अन्य कुनै कर, दस्तुर वा शुल्क तिर्न बाँकी रहेकाहरूले पनि कार्तिक मसान्तभित्र तिर्न आएमा सोही अवधि भित्र जरिवाना वा अतिरिक्त शुल्क तिर्नु नपर्नेछ।
गण्डकी प्रदेश सरकारका अनुसार यो व्यवस्था एकमुष्ट राजस्व संकलनलाई सहज बनाउने र सवारी कर तिर्न बाँकी रहेका नागरिकलाई अवसर प्रदान गर्ने उद्देश्यले गरिएको हो।
यस निर्णयपछि कर नतिरी रहेका सवारीसाधन धनीहरूले अब कार्तिक मसान्तभित्र राजस्व कार्यालय वा सम्बन्धित यातायात कार्यालयमार्फत आफ्नो बक्यौता कर तिरे सजिलै जरिवाना मुक्त हुन सक्नेछन्।
प्रदेश सरकारले यसलाई “राजस्व सहुलियतको विशेष व्यवस्था” भन्दै सबै सवारीधनीलाई समयमै कर भुक्तानी गर्न आग्रह गरेको छ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया