मालपोत कार्यालय कास्कीको आजदेखि सेवा सुरु
समाधान संवाददाता
२०८२ असोज ३० गते १२:५८

पोखरा ।
जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा सुरु गरेको छ ।
कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए ।
कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उनको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया