‘फागुनमा निवार्चन नभए राजतन्त्र फर्किन सक्छ’

पोखरा ।
जेन जी आन्दोलन पछि गठित अन्तरिम सरकारले निर्वाचन गराउन नसकेमा राजतन्त्र फर्कने खतरा भएको उच्च अदालत पोखराका पूर्व मुख्य न्यायधीश डिल्लीराज आचार्यले बताए । नागरिक समाज कास्कीको आयोजनामा पोखरामा बिहीबार आयोजित ‘वर्तमान संवैधानिक गतिरोध समाधानका उपायहरु’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
आचार्यले जेन जी आन्दोलनपछि लोकतान्त्रिक मान्यता विधिको शासन र संविधानवाद संकटमा परेको बताए । नेताहरु देशको सेवा भन्दा व्यक्तिगत स्वार्थमा लाग्दा देशको अवस्था नाजुक भएको औंल्याए । नेतृत्वमा पुगेका व्यक्तिहरु कहिल्यै देश अभिभावक बन्न नसकेको उनले आरोप लगाए ।
‘हामीले भोट दिएका व्यक्तिहरु असल रहेनछन् । देशलाई माया गर्नेे होइन, सत्ता र स्वार्थका लागि उभिनेहरुले भोट पाएका छन्, यही नै हाम्रो दुर्भाग्य हो । नेताहरुको सोच यस्तो छ, विद्यार्थीहरू विदेश जाऊन्, उनीहरुका कार्यकर्ताहरु मात्र देशमा बसुन् अनि जहिल्यै चुनाव लड्ने व्यक्तिगत स्वार्थ पुरा गर्ने,’ उनले भने । देशमा रोजगार सिर्जना र युवालाई स्वदेशमै अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
‘निर्वाचित हुने व्यक्ति मौका परे बिक्छ वंशिय व्यक्ति विक्दैन, त्यो टिक्दैन यो टिक्छ सिद्धान्तको कुराले । यदि जन्मजात नै राजा हुन्छ २० वटा राष्ट्रपति किन चाहियो ? राजा नै ठीक भन्ने भयो भने खर्चको हिसाबले कम हो तर, तपाईँ म नै राष्ट्रपति हुन सक्छु भने जन्मजातको लाई किन राष्ट्रपति मान्ने ? तपाईको आफ्नो रोजाइ हो’ उनले भने ।
चरम गृहयुद्ध सत्ताच्युत शक्ति, राजावादी शक्ति समाजवादी लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, मध्यममार्ग शक्तिहरु आ–आफ्ना स्वार्थहरु लिएर अघि बढिरहँदा भाषिक र भौगोलिक विविधताको नाममा अतिवादी कृयाकलापका कारण मुलुक चरम गृहयुद्धमा फस्ते संगीन अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पसका बिएएलएलबी कार्यक्रम निर्देशक भीमनाथ बरालले देशमा सुशासन र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । फागुनमा चुनाव हुन सक्ने अवस्था बनिनसकेको उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘देशमा सुशासन चाहिन्छ । सरकारले जनताको हितका लागि नभइ, सत्ताको दुरुपयोगका लागि संविधान प्रयोग गरिरहेको छ । सत्तामा बस्नका लागि संविधानको गलत प्रयोग गरिरहेको छ ।’
पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थी प्रशान्त सुवेदीले जेनजीको माग अनुसारको काम नभएको बताए । विद्यार्थीलाई डेसमा आन्दोलनमा सहभागि गराउनु जायज नरहेको बताए । विद्यार्थीलाई प्रहरीले केहि गर्दैन भन्ने गलत सुचनाका कारणले आन्दोलनमा विद्यार्थी मारिनुपरेको बताए । विद्यार्थीलाई आन्दोलनको अग्रपक्तिंमा राख्नु गलत रहेको उनको भनाइ छ ।
आन्दोलनमा घुसपैठ हुँदा हिंसात्मक वातावरण सृजना भएको सुवेदीले बताए । नेतृत्व चयनमा वास्तविक आवाजभन्दा बढी बाह्य हस्तक्षेप र घुसपैठ भएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक अवरोध, राजनीतिक अस्थिरता, बेरोजगारी र सामाजिक असमानता समाधानका उपायबारे सुझाव दिएका थिए । उनीहरूले शासन प्रणाली सुधार, राष्ट्रिय हित संरक्षण र नागरिक सहभागिता सुदृढ गर्न नागरिक समाजले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । देशका सबै संयन्त्र फेल हुँदाको स्थितिले देशलाई कता डोहो¥याउने भन्ने अवस्थाबारेमा उनीहरुले चिन्ता व्यक्त गरे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया