कास्की कारागारबाट फरार ८१ कैदी-थुनुवा पक्राउ,

समाधान संवाददाता २०८२ असोज ३१ गते १२:१५
फाइल तस्बिर

पोखरा ।

कास्की कारागारबाट भागेका विभिन्न मुद्दाका ८१ जना कैदी र थुनुवालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरी कारागार कार्यालयमा बुझाएको छ। भदौ २३ र २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीपछि फरार भएका उनीहरूलाई कारागार विभागले असोज २० गतेभित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरे पनि उक्त मितिमा हाजिर नभएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले दिएको जानकारीअनुसार पक्राउ परेकाहरूमा जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अंगभंग मुद्दाका १ जना, कुटपिटबाट अंगभंग मुद्दाका १ जना र मानव बेचबिखन मुद्दाका १ जना रहेका छन्।

Advertisement

प्रहरी नायब उपरीक्षक बस्नेतले अन्य फरार कैदी तथा थुनुवाहरूको खोजी कार्य जारी रहेको बताए।

Advertisement

तपाईको प्रतिक्रिया