‘निजी क्षेत्र महासंकटमा छ’

पोखरा ।
पोखराका उद्योगी, व्यवसायीहरुले निजी क्षेत्र अहिले ठूलो संकटमा रहेको बताउका छन् । पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित नवनिर्वाचित पदाधिकारी र कार्यसमितिलाई बधाइ ज्ञापन गर्न आयोजना गरेको कार्यक्रमका वक्ताहरुल्े यस्तो बताएका हुन् ।
गएको भदौ २० र २१ गते भएको १५ औं महाधिवेशनबाट जानुका लेखनाथको अध्यक्ष निर्वाचित भएकी हुन् । बिहीबार आयोजित स्वागतसहितको बधाइ कार्यक्रममा आयोजक संस्था एवं कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्रले नेपालको आधुनिक कालखण्डकै सबैभन्दा बढी संकटको सामना गर्नुपरेको उल्लेख गरे ।
जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, आगजनी, लुटपाटले त्यो अवस्था आएको बताउँदै उनले भने, ‘हामीमाथि १० वर्षे सशस्त्र द्वन्द्वको समयमा समेत नभएको आक्रमण भएको छ । यो आक्रमणबाट भएको क्षति, सुरक्षा चुनौती र अनिश्चिताले हामीलाई बढो हैरानी दिएको छ ।’
उनले यति हुँदाहुँदै पनि निजी क्षेत्रले हार नमानेको र पुनः धूलो टक्टक्याएर उठ्ने तयारीमा रहेको बताए । ‘निजी क्षेत्र युद्धको सिपाही जस्तै हो र यसलाई पिठ्यूँ फर्काएर भाग्ने छुट छैन । अपराधीलाई कानुनी कठघरामा ल्याएर, क्षतिपूर्ति भराएर र सरकारबाट सुरक्षाको ग्यारेन्टी गराएर हामी पुनः व्यवसायमै फर्कनको लागि तम्तयार हुनु परेको छ,’ उनले भने, ‘यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्छ भन्नेमा कसैको पनि दुईमत छैन ।’
जेनजी आन्दोलनको क्रममा संघीय राजधानीपछि दोस्रो बढी क्षति पोखराले नै व्यहोरेको बताउँदै उनले प्रताडित व्यवसायीलाई न्याय दिलाउन र व्यवसायीको मनोबल उच्च बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघले पहलकदमी लिइरहेको पनि उल्लेख गरे ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताइन् । परिवर्तनका लागि नवयुवाको आह्वानमा भएको आन्दोलनमा भएको अराजक तत्वको घुसपैठको मिहिन तरिकाबाट अनुसन्धान हुनुपर्ने तथा क्षति व्यहोरेका उद्योगी/व्यवसायीलाई राहत दिनुपर्ने उनको भनाइ छ ।
आर्थिक समृद्धि र बृहत्तर पोखराको हितका निम्ति लेखनाथ र पोखराले लामो समयदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै उनले थपिन्, ‘हामी एउटै महानगरमा रहेका दुई उद्योग वाणिज्य संघहरु बृहत्तर पोखराको हितको लागि काम गर्ने संस्था हौँ । पोखराको समग्र आर्थिक र सामाजिक विकासका निम्ति हामी एकै ठाउँमा छौँ ।’
उनले अहिले जग्गा किनेर उद्योग स्थापना गर्छु भन्ने कुरा असम्भव जस्तै रहेको बताउँदै पोखराको वडा नम्बर ३३ र शुक्ला गण्डकी क्षेमा पर्ने पुँडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको काम छिटो सक्न माग गरिन् । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आउँदा चाडपर्वको शुभकामना व्यक्त गर्दै नवनिर्वाचित लेखनाथ उद्योग वाणिज्य संघको टिमलाई बधाइ ज्ञापन गरिन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया