‘उज्यालो भनेकै सिजी लाइट्स’ सार्वजनिक

पोखरा ।
देशभरका उपभोक्तामाझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सजी इलेक्ट्रोनिक्सले चाडपर्वको अवसरमा नयाँ अभियान ‘उज्यालो भनेकै सिजी लाइट्स’ सार्वजनिक गरेको छ ।
यो अभियानको उद्देश्य नेपालीका घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन प्रकाश समाधान पुर्याउनु रहेको कम्पनीले जनाएको छ । सिजी लाइट्सलाई आधुनिक र विश्वसनीय प्रकाश समाधानको रूपमा प्रस्तुत गरिएको छ । जसले घरलाई अझ उज्यालो, आकर्षक र ऊर्जा–दक्ष बनाउँछ ।
२४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सिजी लाइट्सका बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, सर्फेस लाइट, डाउन लाइट तथा विभिन्न रंगका सजावटी बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएका छन् ।
चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको हो । आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुसँगै सिजी लाइट्स उत्पादनहरूले बजारमा बलियो स्थान बनाइरहेका छन् । सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ प्रमुख डिबी गौतमले सिजी लाइट्सले उज्यालोसँगै नेपाली नेपाली उपभोक्ताको घर घरमा खुसी ल्याउने जनाए ।
सिजी लाइट्सका सबै उत्पादन देशभरका प्रमुख सिजी इलेक्ट्रोनिक्सका अधिकृत बिक्री केन्द्रहरूमा उपलब्ध छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया