समाजसेवी देव गुरुङको सहारामा निरन्तर सहयोग

पोखरा ।
सहारा क्लब हङकङका सल्लाहकार एवं समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र एकेडेमीमा निरन्तर सहयोग गर्दै आएका छन् । लोकदोहोरी गायकका सर्जक तथा कानुन व्यवसायीसमेत रहेका गुरुङले नेपाल आएको बखत फेरि सहयोग गरेका हुन् ।
बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीमा बालकहरुका लागि ३० थान जर्सी सहयोग गरे । यस्तै, बालकहरुलाई खाजाका लागि नगद १५ हजारसहित करिब ५० हजार बराबरको सहयोग गरे ।
उक्त सहयोग उनले क्लबका नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । देव गुरुङ यस्तो व्यक्ति हुन्, जसले आहा रारा पोखरा गोल्डकपका लागि बर्सेनि ५१ हजार रुपैयाँ आजीवन प्रदान गर्ने घोषणा गरेका छन् ।
नामै ’सहारा’ भएको र क्लब परिवार पनि समाजमा केही गर्नुपर्छ भन्ने भावना बोकेको हुँदा आफूले सहयोग गर्दै आएको उनी बताउँछन् । क्लबको १४औं अधिवेशनबाट केशवबहादुर थापाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिले उनलाई एकेडेमीमा स्वागत गरेको हो ।
क्लबका सहकोषाध्यक्ष एवं एकेडेमी संयोजक विष्णु गुरुङले गुरुङ दम्पतीलाई फूलगुच्छा र अध्यक्ष थापाले खादा लगाएर स्वागत गरे । कार्यक्रममा स्वागत क्लब अध्यक्ष थापाले एकेडेमीबारे जानकारी दिनुका साथै निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । कार्यक्रम सञ्चालन क्लबका महासचिव गंगाराज पौडेलले गरे ।
सो अवसरमा क्लबका पूर्वअध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ (सुरज), सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, कार्यसमिति सदस्य अमर राज भण्डारी, प्रमिला घले, विजय गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठलगायतको उपस्थिति थियो ।
सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीका हाल चौथो ब्याचमा विपन्न तथा कठिन परिस्थितिका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदै आएको छ ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया