पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक सोरुम

समाधान संवाददाता २०८२ कार्तिक १ गते १३:४६

पोखरा ।

Advertisement

पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ। पोखराको शिवचोकमा अवस्थित यो शोरुमको शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्त रूपमा उद्घाटन गरे।

पोखराका लागि लिपमोटर र सिट्रोन गाडीको आधिकारिक बिक्रेता एसएसएल मोटर्स कम्पनी प्रालि हो। शिवचोकमा सञ्चालनमा आएको यो मल्टिब्राण्ड शोरुमबाट कम्पनीले सेल्स, सर्भिस र स्पेयर्सको सेवा प्रदान गर्नेछ।

Advertisement

शोरुम उद्घाटनकै अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडी पनि सार्वजनिक गरिएको छ। यो गाडी स्मार्ट, सुरक्षित र आकर्षक रहेको कम्पनीले जनाएको छ।

लिपमोटर बि१० नेपालमा ‘लाइफ’ र ‘डिजाइन’ गरी दुई भेरियन्टमा उपलब्ध छ। ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ रहे पनि अहिले कम्पनीले ४९ लाख ९९ हजार रुपैयाँको अफर मूल्य तोकेको छ। त्यस्तै, ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ भए पनि यसको अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। कम्पनीले अफर मूल्यका कारण लिपमोटरका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको छ।

Advertisement

लिपमोटर बि१० मा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री छ, जसले ६०० किलोमिटरको रेन्ज दिन्छ। यसमा १६० किलोवाटको मोटर जडान गरिएको छ, जसले स्मूथ र रेस्पोन्ससिभ प्रदर्शन प्रदान गर्छ। सुरक्षाका लागि यसमा लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ र ३६० डिग्री क्यामेराजस्ता उन्नत एडास सुरक्षा प्रणालीहरू पनि उपलब्ध छन्। यो गाडीमा ओटिए अपडेटसहितको एआई-सञ्चालित स्मार्ट ककपिट छ।

लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास गरिएको छ। यो शोरुमले ग्राहकलाई प्रिमियम र ग्राहक-केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

एसएसएल मोटर्सका सञ्चालक गोपाल बरालले पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताए। उनले भने, ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौँ। ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो।’ बरालले लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमै लोकप्रिय बनेको उल्लेख गर्दै नयाँ लिपमोटर बि१० पनि धेरैको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

साँग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले पोखरामा स्थापित नयाँ अत्याधुनिक शोरुम र सेवाले लिपमोटर र सिट्रोन गाडीप्रति पोखरेली ग्राहकको थप विश्वास बढ्ने विश्वास व्यक्त गरे। साँग्रिला मोटर्स लिपमोटर र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो। ग्राहकहरूले अब एसएसएल मोटर्सको पोखरा शोरुममा गएर लिपमोटर बि१० को अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन्। यसबाट उनीहरूले स्मार्ट र वातावरणमैत्री गतिशीलताको भविष्य अनुभव गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया