पोखरा गौशालामा गाईपूजा महोत्सव

समाधान संवाददाता २०८२ कार्तिक २ गते १२:३४

पोखरा ।
तिहार २०८२ को सन्दर्भमा पोखरा १५ मजुवामा रहेको पोखरा गौशालामा गाईपूजा महोत्सव गर्न लागिएको छ । काग तिहारदेखि सुरु हुने ५ दिने महोत्सव भाइटीकासम्म चल्ने गौशालाका अध्यक्ष ललितबहादुर कुँवरले जानकारी दिए ।


अध्यक्ष कुँवरले गाईको महिमा र महत्व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा गाईबारे शास्त्र तथा पुराणमा उल्लिखित तथ्यका बारेमा पनि जानकारी दिइनेछ ।

‘गाईलाई आमा तथा लक्ष्मीको प्रतीक मानिन्छ,’ उनले भने, ‘महोत्सवमा विशेष गरी गाईपूजाको अलवा स्थानीय गाईको गोबर र गहुँतको महत्वबारे प्रकाश पार्ने योजना छ ।’ अध्यक्ष कुँवरले महोत्सवमा गौशाला पुग्ने भक्तजनले आनन्द प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

Advertisement


संस्थाले २०७४ सालदेखि पोखरा क्षेत्रमा छाडा छोडिएका तथा बेवारिसे गाईको संरक्षण गर्दै आएको छ । ५ वटा गाईबाट सुरुवात गरेको गौशालामा अहिले १ सय ११ स्थानीय जातका गाई संरक्षण गरिएको गौशालाका कोषाध्यक्ष एवं परिकल्पनाकार नन्दगोपाल दास (नरेन्द्र कँुवर)ले जानकारी दिए । उनले नेपालमा अपहेलित बेवारिसे गाईलाई सकेसम्म सुविधा दिने योजना सुनाए ।


उनले लोपोन्मुख गाईको संरक्षण गरेको गौशालाको सञ्चालन र व्यवस्थापनमा राज्यका निकायका अवला समुदाय स्तरबाट सहयोग आवश्यक रहेको बताए । उनले संस्था स्थानीय जातिका गाईको अनुसन्धान एवं धार्मिक गौ तीर्थस्थल बनाउने अभियानमा लागेको जनाए ।

Advertisement

नेपालका मौलिक प्रजातिका गाईको नश्ल सुधारका लागि संरक्षण एवं सम्बद्र्धन गर्दै आएको उल्लेख गर्दै उनले गौशालामा नेपालको स्थानीय जातका गाईबाट चिकित्सा पद्वतिमार्फत तनावको उपचार गर्न सकिने सुविधा बताए ।


अहिले उक्त प्रद्वति अमेरिका, अस्टे«लिया र युरोपका धेरै मुलुकमा समेत प्रचलित रहेको उनको दाबी छ । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष सूर्य सुवेदीले महोत्सवमार्फत स्थानीय गाईको महत्वबारे आमनागरिक सचेत हुने विश्वास व्यक्त गरे । उनले महोत्सवले गाईको लक्षण र गुणको प्रचारप्रसारमा टेवा पुग्ने चर्चा गरे ।


कार्यक्रममा गौशालाका प्रथम उपाध्यक्ष वीरबहादुर भण्डारी, द्वितीय उपाध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण पौडेल, सचिव माया भण्डारी केसी, ब्रम्हाकुमारी विश्वविद्यालय विन्ध्यवासिनी शाखा प्रमुख प्रभा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया