
लेखनाथ ।
कास्कीको तेस्रो ठूलो रुपातालमा गत वर्षको तुलनामा झन्डै २० हजार केजीले माछाको उत्पादन घटेको छ । विगत २४ वर्षदेखि तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन गर्दै आएको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको शुक्रबार सम्पन्न २४औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनका सहभागी वक्ताहरूले तालमा माछाको उत्पादन घट्नुका बारेमा चिन्ता जनाए ।
गत वर्ष संस्थाले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकोमा यो वर्ष २१ हजार नौ सय १० केजी मात्र माछा उत्पादन हुँदा झन्डै ५० प्रतिशतले माछाको उत्पादनमा कमी आएको बताइएको छ ।
माछाको उत्पादनसँगै आम्दानीमा पनि गत वर्ष एक करोड ७१ लाख ९७ हजार छ सय २४ रुपैयाँको माछा बिक्री भएको थियो भने यो वर्ष १ करोड आठ लाख ४६ हजार रुपैयाँका माछा बिक्री हुँदा झन्डै ६० लाख रुपैयाँले कमी आएको हो ।
माछाको उत्पादनमा कसरी कमी आयो भन्ने सवालको मुख्य कारणमा वातावरणीय प्रभाव, रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको काम सञ्चालन भइरहँदाको होहल्ला, आगन्तुक जलेवा जातको चराको प्रकोप र गत दुई वर्ष अगाडि कम भुरा तालमा छोड्दा माछाको उत्पादनमा कमी आएको संस्थाका अध्यक्ष शिवराज अधिकारीले जानकारी दिएका छन् ।
आम्दानी पनि ६० लाख रुपैयाँले कम भएको छ ।
विसं २०५८ सालमा ३६ जना अग्रजहरूको सक्रियतामा सुरु गरिएको संस्थाले रुपाताल जलाधार क्षेत्रभित्र बसोबास गर्दै आएका एक घर एक परिवार सेयर सदस्य हुन पाउने गरी समान सेयर समान मुनाफाको नीति अनुरुप एक हजार ४६ सेयर सदस्य मार्फत चार करोड १८ लाख ४० हजार रुपियाँको सेयर पुँजी बनाउन सफल भएको छ ।
यसैबिच संस्थाको २४औँ वार्षिक साधारण सभाको अवसर पारेर सेयर सदस्य प्रोत्साहनका स्वरुप उत्कृष्ट कारोबारतर्फ शुशिला अधिकारी, मिना तिमिल्सेना र सोमलाल पंगेनी, उत्कृष्ट बचतकर्तामा कृष्ण माया थापा र राजाराम पंगेनी, प्राविधिक सेवा तथा परामर्शतर्फ ठाकुर प्रसाद लामिछानेलाई सम्मान गरिएको थियो ।
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लेखनाथ ढकाल, पूर्व अध्यक्ष कुलप्रसाद अधिकारी, सल्लाहकार टिकाराम पंगेनी, धु्रवनाथ अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली, सहकारी विज्ञ भोजराज घिमिरे र सेयर सदस्यहरूकातर्फबाट फुलमाया गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए ।
संस्थाका सचिव वीरेन्द्र ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शुशिला थापाले गरेकी थिइन् भने व्यवस्थापक नवराज खड्काले संस्थाको आर्थिक अवस्था र आगामी दिनमा गर्न सकिने योजनाहरूका बारेमा पूर्व जानकारी गराएका थिए ।
सहकारीमा थापाको नेतृत्व
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ढकबहादुर थापा, सचिव वीरेन्द्र ढकाल र कोषाध्यक्षमा रामजी अधिकारी छन् । समितिको सदस्यमा रेशम गुरुङ, शिवराज अधिकारी, पूर्णहादुर गुरुङ, सर्मिला खड्का र ईश्वर थापा छन् भने समिति लेखा संयोजकमा कमलबहादुर थापा र सदस्यद्वयमा सुभद्रा घिमिरे र पुरुषोत्तम अधिकारी रहेको व्यवस्थापक नवराज खड्काले जानकारी दिए ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।








पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया