‘तरल अवस्थामा सशक्त नागरिक समाज’

पोखरा ।
गैर सरकारी संस्था (गैसस)महासंघ नेपाल गण्डकी प्रदेश समितिले वार्षिक कार्ययोजना निर्माण गरेको छ । सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापनामा सार्वजनिक कार्ययोजनामा नागरिक संस्थाको सञ्जालिकरण, सवालमुखी बहस पैरवी कार्यक्रम समेटिएको छ ।
महासंघ नेपाल गण्डकीका निवर्तमान अध्यक्ष तथा वर्तमान इन्चार्ज गोपाल खड्काले सदस्य संख्याको तथ्यांक अध्यावधिक, नवीकरण तथा क्षमता अभिबृद्धिका कार्यक्रम गर्ने जानकारी दिए । नागरिक संघ, संस्थाका असल अभ्यास आदानप्रदान गर्ने उल्लेख गर्दै उनले स्रोत अभिवृद्धि र साझेदारीलाई जोड दिने बताए ।
गैसस महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले राजनीतिक तरलताको अवस्थामा नागरिक समाजले सशक्त भूमिका खेल्नुपर्ने सुझाव दिए । उनले नयाँ र फरकपन दिन आग्रह गरे । ‘समय सान्दर्भिक अभियान गरेर नागरिक समाज जीवन्त बन्नु पर्छ,’ उनले भने, ‘सरकार कमजोर भएको अवस्थामा सशक्त भूमिका गरेर स्थान खोज्ने हो ।’ उनले संस्थागत क्षमता अभिवृद्धि भएको खण्डमा मात्र नागरिक संस्थाले वकालत र पैरवी गर्न सक्ने जानकारी दिए ।
जेन्जी पुस्ताको रुपान्तरणको अभियान नागरिक समाजले उठाएको सवालभन्दा फरक नभएको उनले दाबी गरे । मुलुकमा विधिको शासन नभएर दण्डहीनता मौलाएको उल्लेख गर्दै उनले विधि र कानुन अनुसार चल्न राज्यका निकायलाई सुझाव दिए । गैसस महासंघ नेपाल गण्डकी अध्यक्ष पदमराज पहारीले नागरिक तथा सामाजिक अभियानलाई बलियो बनाउन ध्यान दिने बताए ।
कार्यसमिति सदस्यहरुले व्यक्तिगत जिम्मेवारी र सामुहिक नेतृत्वको आधारमा काम गर्ने जानकारी दिँदै उनले सामूहिक र संस्थागत हिसाबले महासंघलाई अगाडि बढाउने योजना सुनाए । कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा गण्डकीका सहइन्चार्ज फूलमाया राना, केन्द्रीय सदस्य विजयकुमार प्रधान, कार्यसमितिको उपाध्यक्ष बद्रीनाथ नेपाल, सचिव नारायण पौडेल, कास्की अध्यक्ष इन्दिरा पौडेल लगायतले बोलेका थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया