जनप्रिय सहकारीमा रवीन्द्रको निरन्तरता

समाधान संवाददाता २०८२ कार्तिक २ गते १४:३२

लेखनाथ ।
पोखरा २६ को बुढीबजारमा रहेको जनप्रिय सहकारी संस्थाको २२औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले आगामी कार्यकालका लागि पुनः रवीन्द्र अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।


निर्वाचनको कार्यक्रमअन्तर्गत वर्तमान अध्यक्ष अधिकारीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् भने उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परे पनि अन्तिम अवस्थामा सर्वसम्मत रूपमा कर्णबहादुर जीसीलाई चयन गरिएको छ ।


यसैगरी समितिको सचिवमा दीपकनाथ भण्डारी, कोषाध्यक्षमा राजेश कुमाल र सह–सचिवमा पवित्रा गौतम ढुंगाना रहेका छन् भने समितिको सदस्यहरूमा रमेश जीसी, बुद्धराज बस्याल, समन्त रानाभाट र सुजन लामिछाने रहेका छन् । सोही भेलाले लेखा समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यहरूमा पितृप्रसाद शर्मा तथा पुरुषोत्तम पराजुलीलाई चयन गरेको छ ।

Advertisement


यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारीका ज्येष्ठ सदस्य रत्नप्रसाद चापागाईंले सहकारीले पैसा किन्ने र पैसा बेचेर नाफा कमाउनुको सट्टा आफ्नो विशेष उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्ने सुझाव राखेका थिए ।


संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष चन्द्रबहादुर रानाभाट, सल्लाहकार नारायणप्रसाद बराल, सेयर सदस्य हेमराज आचार्य र सरस्वती ढुंगानाले सहकारीले शेयर सदस्यको आयआर्जन वृद्धि हुने खालका योजना ल्याउन आग्रह गरेका थिए ।

Advertisement


संस्थाका सचिव सरोजनाथ तिमिल्सेनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खेमप्रसाद भण्डारीले दिएका थिए । कुल एक हजार एक सय पैँतालीस सेयर सदस्य रहेको संस्थाको शेयर पुँजी पाँच करोड १८ लाख २२ हजार ४१७ छ ।

तपाईको प्रतिक्रिया