पाेखरामा धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

समाधान संवाददाता २०८२ कार्तिक २ गते १९:५३


पोखरा

पोखरामा धारिलो हतियार देखाई एकजना जर्मन नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कास्की कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) हरि बहादुर बस्नेतका अनुसार माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँको व्यास नगरपालिका ५ का २१ वर्षीय विशाल दर्लामी पक्राउ परेका हुन्।

Advertisement

उनीहरूलाई एक थान खुकुरीसहित पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए

घटना आज बिहान करिब ९ बजेतिर पोखरा महानगरपालिका–२२ स्थित अनदु जंगल नजिक सार्वजनिक स्थानमा भएको हो। सो समयमा ६७ वर्षीय जर्मन नागरिक एन्स पिटर मार्टिन एक्लै हिँडिरहेका बेला आरोपित दुई जनाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले तत्कालै घटनास्थल पुगेर दुवैजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट बरामद एक थान खुकुरी समेत  सार्वजनिक गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया