संकटमा राष्ट्रिय एकताका लागि दलगत स्वार्थ त्याग्न कांग्रेस नेता गोपालमान श्रेष्ठको आग्रह

पोखरा । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको बेला पार्टीगत हित तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुन आग्रह गरेका छन्।
ललितपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताए।
श्रेष्ठका अनुसार, कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन सकेका छैनन्। उनले विगतका आठ राजनीतिक दल मात्रै नभई अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने बताए। ‘अग्रजहरूलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
पूर्वउपसभापति श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताए। ‘विगतको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने। उनले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै गर्नुपर्ने भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने बताए।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया