‘एमाले विचारमा प्रष्टता भएको प्रजातान्त्रिक पार्टी’

पोखरा ।
तिहार नेपाल सम्बत ११४६ छठ ल्होसार पर्वको सन्दर्भमा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी ८ ले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोही क्रममा वर्तमान जटिल परिस्थितिमा पार्टीका नेता तथा कार्यकर्ताको भूमिका विषयमा प्रशिक्षण कार्यक्रम समेत भएको छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पार्टीको नेतृत्व परिवर्तन आसन्न महाधिवेशनले गर्न सक्ने बताइन् । ‘एमाले नीति र विधि अनुसार चल्ने पार्टी हो, ’उनले भने, ‘अहिलेको अवस्था नेतृत्व परिवर्तन गर्ने होइन ।’ उनले एमाले विचारमा स्पष्ट भएको प्रजातान्त्रिक पार्टी भएको दाबी गरिन् ।
असंवैधानिक तबरले वर्तमान सरकार गठन दाबी गर्दै उनले एमालेले संसद पुनस्थापनाको मागलाई जोडतोडका साथ उठाउने जानकारी दिइन् । उनले विगतमा भएका कमि कमजोरीलाई सुधार गर्दै टोल टोलमा पार्टीका गतिविधि पु¥याउने जानकारी दिइन् ।
एमालेका केन्द्रीय प्रशिक्षण समन्वय कमिटीका सचिव रश्मी आचार्यले गत भदौ २३ र २४ गते नेपालको राजनीतिमा कसैले नसोचेको घटना भएको बताए । सो घटनाको कारणको पहिचान र गम्भीर समिक्षा आजको आवश्यकता भएको उनले उल्लेख गरे । नेता आचार्यले अहिलेको अवस्थामा परम्परागत राजनीति दल माथि गम्भीर प्रश्न उठेको तर्क गरे ।
जेन्जी पुस्ताको आन्दोलनको नाममा भएको घुसपैठले राज्यलाई असफल बनाउने योजनाबद्ध प्रयास भएको आरोप लगाउँदै उनले थाहा पाएर वा नपाएर सो योजनामा प्रहरी प्रशासन साक्षी भएको बताए । उनले त्यस्तो डरलाग्दो घटना थाहा पाएर पनि रोक्न नसक्नु सत्तारुढ दलको कमजोरी भएको उल्लेख गरे ।
सार्वजनिक सम्पत्ती, सरकारी कार्यालय तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिलाई कारवाही गर्ने प्रहरीको योजनालाई गृह प्रशासनले रोकेको आरोप लगाए । एमाले भयरहित चुनाव चाहाने जानकारी दिदै उनले संसदको पुनस्थापनाले लिक भन्दा बाहिर गएको अवस्थालाई सही बाटोमा ल्याउन सक्ने दाबी गरे । उनले अहिलेको संकटलाई संविधान सम्मत ढंगले निकास खोज्न आग्रह गरे ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सल्लाहकार परिषद्का सदस्य ऋषिराम गौतमर्, जिल्ला कमिटीका सदस्यहरु परशुराम बराल र कमला गिरी, पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य, पोखरा महानगरपालिका वडा कमिटी पोखरा ८का अध्यक्ष दिपकराज घिमिरे, उपाध्यक्ष गोविन्द बराल, सचिव चन्द्र गिरी, उपसचिव रमा घिमिरे, लिलाधर बराल, अर्जुन श्रेष्ठ, दिलु पौडेल, भूपेन्द्र गिरी, शोभाकान्त न्यौपाने लगायतले बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया