लमजुङमा युवक मृतावस्थामा फेला

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ घट्टेखोलामा एक युवक मृतावस्थामा फेला परेका छन्। मृतक चितवनको भरतपुर महानगरपालिका–१७ भुवनवस्तीका ३१ वर्षीय विकास परियार रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
परियार भदौ २२ गतेदेखि मर्स्याङ्दी गाउँपालिका–७ तरान्चेस्थित मामाघर आइतमान परियारको घरमा बस्दै आएका थिए। मंगलबार दिउँसो करिब साढे ४ बजे घट्टेखोलास्थित बाटो छेउमा उनको शव भेटिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिए।
मृतकका मामा आइतमानका अनुसार विकास परियार बिहानै घरबाट निस्किएका थिए। घटनास्थल मुचुल्का र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि बेँसीसहरस्थित प्रदेश अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
परियार अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रारम्भिक बुझाइ रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








ओली संख्या बढाउने दाउमा, पोखरेल पक्ष ‘दुई कार्यकाल’ को अडानमा
समानुपातिकमा १०० दलको आवेदन, बन्दसूची पुस १३ र १४ गते
आज ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विविध कार्यक्रम हुँदै
स्याङ्जाको कोल्मामा पुस ८ गते राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री’ दौड हुँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया