पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे

पोखरा ।
पोखरामा शनिबार बिहान चक्कु प्रहार घटनामा एक व्यक्तिको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ चिल्ड्रेन पार्क नजिक बिहान करिब ३ बजे भएको घटनामा ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनामा संलग्न रहेका २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बिहान ३ बजे पराजुली अचेत अवस्थामा रहेको जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । उनलाई तत्काल पश्चिम क्षेत्रीय अस्पताल पु¥याइए पनि बिहान ३ः४० बजे चिकित्सकले मृत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा चक्कु प्रहारको कारण सामान्य विवाद हो तर त्यो विवाद ‘जाड खाएको निहुँ’बाट सुरु भएको हो । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार तिमिल्सिना र पराजुलीबीच केही समयदेखि चिनजान थियो र यो उनीहरूको तेस्रो भेटघाट थियो ।
‘दुवै जना रातिसँगै जाड रक्सी सेवन गरेको र त्यसक्रममा वादविवादपछि तिमिल्सिनाले चक्कु प्रहार गरे र घटनास्थलबाट भागेको अनुसन्धनबाट देखिएको छ,’ डिएसपी बस्नेतले भने ।
प्रहरीले तिमिल्सिनालाई केही समयपछि मालेपाटनबाट पक्राउ गरी नियन्त्रणमा लिएको डिएसपी बस्नेतले जानकारी दिए । घटनामा प्रयोग भएको चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । तिमिल्सिनामाथि कर्तव्यज्यान सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक पराजुली र अभियुक्त तिमिल्सिना बीच कुनै आर्थिक लेनदेन वा पुरानो द्वन्द्व थिएन । उनीहरू एकअर्कालाई केही समयअघि मात्र चिन्ने भएका थिए । डिएसपी बस्नेतका अनुसार यो कुनै योजनाबद्ध हत्या होइन, तत्कालीन आवेग र रक्सी सेवनका कारण भएको घटना प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया