लेक लागेर मनाङमा २ भरियाको मृत्यु
समाधान संवाददाता
२०८२ कार्तिक ९ गते ६:०२

मनाङ । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङको क्वहोलासोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ । लेक लागेर बिरामी भएका गुरुङको हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।
उनले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताए ।
यस्तै, नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
सम्बन्धित








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया