डा. सुधा शर्माको नियुक्तिप्रति चिकित्सककै कडा टिप्पणी

समाधान संवाददाता २०८२ कार्तिक ९ गते १६:२६

पोखरा । जेन-जी सरकारले स्वास्थ्य मन्त्रीका लागि योग्य उम्मेदवार भेट्न नसकेको र डा. सुधा शर्माको नियुक्तिप्रति जनमानसमा निराशा छाएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर विकास गौचनले सामाजिक सञ्जाल फेसबुकमा डा. शर्माको नियुक्तिबारे कडा टिप्पणी गर्दै उनको योग्यतामाथि प्रश्न उठाएका छन् ।

डा. गौचनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘वर्तमान जेन-जी सरकार स्वास्थ्य मन्त्रीका लागि एक ठोस उम्मेदवार फेला पार्न असफल भएको छ । डा. सुधा शर्माबाट स्वास्थ्य प्रणालीमा सुधारको लागि कुनै राम्रो कदमको अपेक्षा गर्न सकिँदैन । उनी पहिले नै परीक्षण भैसकेकी र असफल व्यक्ति हुन् ।’ यस भनाइले स्वास्थ्य क्षेत्रमा उनको विगतको कार्यकाल र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

विशेषगरी, डा. सुधा शर्मा स्वास्थ्य सचिवबाट राजीनामा दिएर युनिसेफमा काम गर्न गएकी थिइन् । अहिले उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ । उनको यस नियुक्तिले जन-जी सरकारको स्वास्थ्य क्षेत्र सुधारको दृष्टिकोण र आगामी दिनमा स्वास्थ्य प्रणालीमा आउन सक्ने परिवर्तनबारे चासो बढेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया