वन पैदावर बिक्री गरेर ८ करोड आम्दानी

समाधान संवाददाता २०८२ कार्तिक १० गते १३:०१

दमौली ।

तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।

सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

श्रेष्ठका अनुसार त्यसअवधिमा ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर बिक्री भएको छ । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।


जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ४८५ वटा कबुलियती वन रहेको छ ।

Advertisement

वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।

तपाईको प्रतिक्रिया