बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको अध्यक्षमा भण्डारी

समाधान संवाददाता २०८२ कार्तिक १० गते १४:५८

पोखरा ।
बेगनासताल धार्मीक तथा पर्यटन विकास संस्थाको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन आइतबार भएको छ । समारोहको उद्घाटन गर्दै पूर्वन्यायधिश डिल्लीरमण तिवारीले बेगनासताल विकासका लागि अनुभवि व्यक्तित्वहरुको उत्साह, जोश र जाँगरको कदर गर्दै बेगनासताल बिश्वकै उत्कृष्ट धार्मीक र पर्यटकीय गन्तव्य स्थल बन्ने दिशामा अघि बढेको बताए ।


अधिवेशनले मित्रलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति खनाल, सचिवमा गंगाराम सुवेदी र कोषाध्यक्षमा सनकराज लामिछाने चयन भएका छन् ।


समितिकाे सदस्यमा सिता कार्की, कल्पना अधिकारी, भरतराज ढकाल, निरंजन विक, सोमराज कँडेल, विश्वनाथ तिवारी, फूलमाया बराल, शक्ति कोइराला, पुष्पराज भण्डारी चयन भएका छन् ।

Advertisement


राममणी अधिकारीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएकाे थियो । अधिकारीले बेगनासतालको धार्मीक र पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेकाे बताए ।


संस्थाका अध्यक्ष धुव्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्ति खानाल र कोषाध्यक्ष गंगाराम सुवेदीले संस्थाका प्रगति विवरण सहित बेगनासताललाइ उत्कृष्ट गन्तव्य वनाउन सकिने सम्भावना सहितको प्रतिवेदन प्रस्तुत गरे ।

Advertisement

कार्यक्रममा, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, होटल तथा रेष्टुरेष्ट एशोसिएसन लेखनाथका अध्यक्ष विभद्र कँडेल, लेखनाथका पत्रकार कविराज पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया