पोखरामा बिजुलीका तार चोर्ने गिरोह सक्रिय

पोखरा ।
पोखरामा नेपाल विद्युत प्राधिकरणले चालु अवस्थामा रहेका ट्रान्सफर्मरमा जडान गरेको तामाका तार चोरी गर्ने समूह सक्रिय छ । पटकपटक त्यस्तो समूहले पोखरा १८, ग्यारजाती र पोखरा २२ पुम्दीभुम्दीका ट्रान्सफर्मरमा जडान गरिएको तामाको तार नै चोरी गरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।
ती स्थानसहित पोखरा १८ कै सुन्दर चौतारा, पदेंली, पोखरा २१ को पोख्रेल थोक र अन्नपूर्ण गाउँपालिकाको अधिकारी डाँडामा पनि चालु अवस्थाका ट्रान्सफर्मरमा जडान गरिएका तामाको तार चोरी भएका छन् ।
तार चोरी भएपछि त्यस स्थानबाट विद्युत सेवा प्राप्त गर्ने विभिन्न ठाउँका उपभोक्ता केही समय सो सेवाबाट वञ्चित भएका थिए । निरन्तर रुपमा तार चोरी गर्ने क्रम बढेपछि प्राधिकरणले सूचना नै निकालेर विद्युत सेवा उपलब्ध गराउने स्थानका ट्रान्सफर्मर क्षेत्र वरपर अपरिचित व्यक्ति देखिएमा वा भेटिएमा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।
निरन्तर रुपमा तार चोरी गर्ने कार्य ग्रामीण भेगमा बढी देखिएको प्राधिकरण पोखरा वितरण केन्द्रका ग्रामीण शाखा इन्चार्ज शोभाकर पौडेलले बताए । सेवा नै अवरुद्ध पार्ने गरी भएका कार्यप्रति प्राधिकरणले गत असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीको समेत ध्यानाकर्षण गराएको छ । चोरी बढेपछि ट्रान्सफर्मर जडान गरिएको क्षेत्रमा सुरक्षा माग गरिएको छ । प्राधिकरणले चोरी कार्यमा सक्रिय समूहको पहिचान गरी कारबाही गर्न पनि माग गरेको हो ।
असहज परिस्थितिमा पनि प्राधिकरण सबै जनतालाई निरन्तर विद्युत सेवा उपलब्ध गराउन रात दिन तत्पर रहेकोे इन्चार्ज पौडेलले बताए । सीमित स्रोत, साधन र भौगोलिक कठिनाइका बाबजुद उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्यस्ता व्यक्ति वा समूहको पहिचान भएमा वा ट्रान्सफर्मर वरपर शंकास्पद व्यक्ति वा समूह देखिएमा प्रहरी प्रशासन अथवा नोलाईट नम्बर ०६१ ५७००३० र ०६१५७००३१ मा जानकारी गराई सहयोग गर्न ग्राहकलाई आग्रहसमेत गरेको छ ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया