पोखरामा १२ गते बुधबार पत्रकार अपिल त्रिपाठीले राजेश हमालसँग गर्दैछन् वार्तालाप

पोखरा ।
प्रकाशन संस्था फाइन प्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदै छ । एक दिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्ने छन् ।
कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ ।
महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले संवाद गर्ने कार्यक्रम छ । उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि तय छ ।
न्युरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव अपराह्न २ बजेदेखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक र्यान्डम रिडर्स सोसाइटीले जनाएको छ । यसअघि चितवन लगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया